प्रजातन्त्रीक उद्योगि व्यवसायि संघ द्धारा केन्द्रीय सदस्य अधिकारीलाई सम्मान

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा प्रजातन्त्रीक उद्योगि व्यवसायि संघले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एव्म कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई सम्मान गरेको
छ । कोहलपुरमा मंगलबार एक कार्यक्रमका बिच अधिकारीलाई संघले सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्माले उद्योगी व्यवसायीहरुको हक हित र संरक्षणका लागि केन्द्रीय सदस्यको महत्वपूर्ण भूमिका खेल्न सदस्य अधिकारीलाई सुझाव दिएका छन् । साथै उनले कोरोना भाईरसका कारण कोहलपुरमा रहेका साना तथा मझौला व्यवसायीहरु
मर्कामा परेकाले ती व्यापारीहरुको समस्या समाधान गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीले बाँकेको कोहलपुरमा रहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । साथै उनले आफ्नो चुनावि अभियानमा अघि सारेका प्रतिवद्धताहरु कार्यन्वयनमा ल्याउने बताउँदै नेपालका साना तथा मझौला व्यवसायीहरुको उत्थानका लागि विशेष पहल गर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै प्रजातन्त्रीक उद्योगि व्यवसायि संघ कोहलपुरका संयोजक मात्रिका सापकोटाले कोहलपुर क्षेत्रबाट महासंघमा पहिलोपटक प्रतिधित्व भएकाले यस क्षेत्रमा व्यवसायी गर्ने व्यापारीहरुका साँझा मुद्धा राष्ट्रिय स्तर सम्म पु¥याउन केन्द्रीय सदस्य अधिकारीलाई आग्रह गरेका छन् । कार्यक्रममा व्यापारी, उद्यागी लगायतको सहभागिता रहेको थियो ।

७ पुष २०७७ मा प्रकाशित
Nabintech