राजनैतिक विचार नमिल्ने कम्युनिस्टहरुसंग चुनावी तालमेल हुनसक्दैन – काँग्रेस सभापति देउवा

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी दिनमा कुनैपनि निर्वाचनमा नेपाली कांग्रेसले विचार नमिल्ने कम्युनिस्ट पार्टीहरु संग सहकार्य वा चुनावी तालमेल नगरिने बताउनु भएको छ।

संसदको प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए वा निर्वाचनमा जानुपर्ने जुन सुकै अवस्था आएपनि नेपाली कांग्रेस सरकारमा जाने वा चुनावी तालमेलमा जाने अवस्था हुँदैन भन्ने स्पस्ट पार्नु भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य गरौँ भन्ने प्रस्तावमा सभापति देउवाले उक्त जवाफ दिनुभएको हो।

कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समुहको नेकपा, जनता समाजवादी पार्टीका नेताहरुले रास्ट्रपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र बिरोधका साझा कार्यक्रमका साथ सम्भव भए सदनबाट नत्र सडक संघर्ष मार्फत प्रतिरोधमा उत्रिने प्रस्ताव मात्रैमा सहकार्य हुनसक्ने तर्फ प्रस्ताव हो। उक्त बैठकमा कांग्रेस, नेकपाको दाहाल–माधव नेपाल समूह र जनता समाजवादीका नेताको उपस्थिति थियो ।

यसै सन्दर्भमा प्रचण्डको प्रस्तावका सन्दर्भमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि कांग्रेस नेताहरूसँग सामूहिक जिज्ञासा राखेका थिए ।  बैठकमा कांग्रेसका धेरै नेता सहभागी भए पनि सभापति देउवा र वरिष्ठ नेता पौडेलले मात्रै उक्त बैठकमा धारणा राखेका थिए । दुवैले मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकाले त्यसपछि मात्रै पार्टीको आधिकारिक दृष्टिकोण दिन सकिने बताएका थिए ।

नेपाली कांग्रेसले बोलाएको बैठकमा जानुअघि दाहाल – नेपाल समूहले जनता समाजवादी पार्टीका नेताहरूसँग पनि अनौपचारिक छलफल गरेका थिए । स्रोतका अनुसार दाहाल – नेपाल समूहले कांग्रेससँग मागेको जस्तै धारणा जनता समाजवादीसँग पनि छलफल भएको थियो । नेपाली कांग्रेससंग भन्दा जनता समाजवादीसंग धेरै विषयमा धारणाहरु मिलेकोले  कांग्रेसले बोलाएको सोमबारको बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर सँगै शरतसिंह भण्डारी र जितेन्द्र सोनल संग गम्भीर छलफल गरेका थिए ।

यसैवीच तीन दलबाट सामूहिक रूपमा रिट लैजान सके सर्वोच्च अदालतलाई प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सच्याउन दबाब बढ्ने तर्कसमेत कतिपय नेताहरूले गरेका थिए ।

७ पुष २०७७ मा प्रकाशित
Nabintech