‘राज्य व्यवस्था फेरियो, तुल्साको अवस्था फेरिएन्’

स्याम विष्ट बाँके


हरेक नागरिकले शहरदेखी गाँउघरमा भएको परिवर्तनलाई भएको देख्न चाहन्छन् । तर पछिल्ला समय गरिबका दिनहरु हिजो जस्ता थिए आज पनि त्यस्तै छन् । बिहान बेलुका हातमुख जोड्न मुस्किल भएका हजारौँ परिवारहरु समुदायमा भेटिन्छन् । त्यसैको एक उदाहरण हुन बाँके कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने तुल्सा कुमारी कुमारी वि.क. । वर्षले ३८ पुगेकी तुल्सी २०६१ सालमा सुर्खेतको लेखपर्सा गाविसबाट कोहलपुर झरेकी थिइन् । नेपालमा चलिरहेको शसस्त्र जनयुद्धबाट प्रभावित भएको वि.क.को परिवार कोहलपुरमा २०६१ सालदेखि बसोबास गर्दै आईरहेको छ । यो बिच राज्य व्यवस्था परिवर्तन भए, सरकार र सत्ता फेरिए तर बि.क.को आर्थिक अवस्था भने फेरिएन्न । यसको प्रमुख कारण गरिबी थियो । बाँकेको कोहलपुर नगरपालिका वडा नं.४मा रहेको ऐलानी जमिनमा बसोबास गर्दै आएकी बि.क. पीडाले थिचिएकी छिन्, रोगले थला परेकी छिन्, । बि.क.ले आफु ३८ वर्षदेखि अपाङ्ग हुँदा हालसम्म अरुकै साहारामा नै बाँचिरहेको बताउँदै हात र खुट्टाले राम्रोसँग काम नगर्ने समस्या रहेको बताउँछिन् । साथै उनले सुरुमा उपचार गरेपनि स्वास्थ्यमा कुनै पनि परिवर्तन नभएपछि हालसम्म आर्थिक अभावकै कारण उपचार गर्न नसकिरहेको बताउँछिन् ।

आरन पेशाबाट मासिक ७ हजार कमाई गरी घरपरिवारको खर्च धानिरहेको बि.क. परिवारलाई कोरोना भाईरसको लकडाउनले आरन पेशालाई सदाका लागि बन्द गरिदियो । आरनकै काम गरि घरखर्च चलिरहेको र हाल आरन पेशा बन्द भएपछि अपाङ्ग श्रीमति र सानाबालबच्चालाई छोडेर मजदुरीका लागि श्रीमान बुद्धि बहादुर बि.क. भारत गएको बि.क.ले बताईन् । व्यापार व्यवसाय गर्ने हिम्मत त तुल्सा बिकमा छ तर व्यवसाय संचालनका लागि उनी सँग आर्थिक अभाव छ । हाल साँझ खाए बिहान के खाने भनेर बि.क. परिवारले आफ्ना जीवनका दर्दनाक दिनहरु बिताईरहेकोछ । माटोको साना कच्ची घरमा बस्दै आएकी बि.क.को घर एकापटिबाट भत्किनै लागेको छ । ऋण गरेर जास्ता पाता ल्याएकी बि.क.ले ३ वर्षदेखि जस्तापाताको ऋण तिर्न सकेकी छैनन् । कसैको सानो सहयोगबाट घर निर्माण हुनसक्छकी भन्ने पखाईमा बि.क. रहेकी छिन् । उनका ११ वर्षका छोरा दिनेश बि.क. कक्षा ४ मा अध्ययन गरिरहेका छन् । आर्थिक अभावका कारण कापी, कलम र स्कुल डे«स उनी सँग नहुँदा स्कुल नै जान सकेको छैनन् । कापी, कलम र स्कुल डे«स भए आफु स्कुल जाने
छोरा दिनेश बि.क. बताउँछन् ।कोहलपुर नगरपालिका वडा नं. ४ ले   आयस्तर न्यून भएका, बेरोजगार युवायुवतीलाई रोजगार दिलाउनका लागि वर्षेनी करोडौँको रकम बिनियोजित गरेतापनी सो रकम दुरुपयोग हुँदै आएको छ ।

८ पुष २०७७ मा प्रकाशित
Nabintech