१३ गते नेपाली काँग्रेसले कोहलपुरमा सरकारका विरोधमा प्रर्दशन गर्ने

पिपलबाेट संवाददाता


प्रधानमन्त्री केपि शर्मा ओलिले संसद् विघटन गरेको विरुद्धमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले कोहलपुरमा विरोध प्रर्दशन गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका पार्टी सभापति माधवराम खत्रीको सभापतित्वमा शनिबार कोहलपुरमा सम्पन्न भएको बैठकले पौष १३ गते कोहलपुरमा वर्तमान केपीशर्मा ओलि नेर्तत्वको सरकारका विरुद्ध विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो । बैठकले पौष १३ गते ११ बजे नेपाली काँग्रेस कोहलपुर नगरपार्टी कार्यालयबाट त्रिभुवन मावि चोक हूँदै न्यूरोडसम्म विरोध ¥याली गरी न्यूरोडमा कोण सभामा परिणत गर्ने निर्णय गरेको छ । सो विरोध सभामा बाँके निर्वाचन क्षेत्र नं. १ का ३० वडाबाट जनतालाई सहभागिता गराउने र २ बजेसम्म विरोध सभा सम्पन्न गर्ने निर्णय गरेको छ । साथै आधा घटना सवारी साधान पनि बन्द गर्ने र उक्त विरोध प्रर्दशनमा पार्टीका कार्यकर्तासँगै आम जनतालाई सहभागिता गराउनका लागि नेपाल विद्यार्थी संघ, महिला संघ र तरुण दललाई जिम्मा दिने निर्णय समेत गरेको छ । बैठकमा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका पार्टी सभापति माधवराम खत्रीले नेकपा भित्रको आन्तरिक द्धन्द्धले देशलाई दुर्घटना तिर लिईरहेको बताउँदै संघिय लोकतन्त्र गणतन्त्रलाई बचाउनका लागि काँग्रेस सडकमा आउनु परेको बताएका छन् । साथै उनले अदालतले संसदको पुर्नस्थापना गरे पनि नेपाली काँग्रेस सत्तामा जान नहुने भन्दै प्रदेश संसद पनि विघठन हुनुपर्नेमा जोड दिएका छन् । देशमा निर्वाचन भए काँग्रेसले स्वागत गर्नुपर्ने भन्दै लोकतन्त्रीक राज्य व्यवस्थाका संरक्षण गर्न काँग्रेस तयार रहेको उनले बताएका छन् । बैठकमा बोल्ने वक्ताहरुले लोकतन्त्रको रक्षाका लागि फेरी एकपटक काँग्रेस सडकमा आउनुपर्ने अवस्था आएको भन्दै सबैले नेता तथा कार्यकर्ताहरु एक जुट हुन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पौष १३ गते देशैभरी विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै कोहलपुरमा नेपाली काँग्रेसले विरोध प्रर्दशन गर्ने भएको छ ।

११ पुष २०७७ मा प्रकाशित
Nabintech