संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन

पिपलबाेट संवाददाता


संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी  (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ ।  पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुनेछ । कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गर्ने तय भएको छ । संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।

१२ पुष २०७७ मा प्रकाशित
Nabintech