प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको छ । कांग्रेसले सोमबार हुने प्रदर्शनको तयारी तीब्र पारेको छ । बाँके कांग्रेसले पनि केन्द्रिय कार्यक्रम अनुसार भोलि सोमबार प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध बाँकेका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत् नेपाली कांग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रदर्शनको तयारी तीब्र पारेको नेपाल पत्रकार महासंघका पुर्व महासचिव एबम नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जानकारी दिए । युवा नेता केसीले प्रधानमन्त्रीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कार्यको बिरोधमा नेपाली कांग्रेस एकजुट भएर प्रदर्शनमा उत्रिनु परेको बताए । यता क्षेत्र नम्बर १ ले पनि प्रदर्शनको तयारी तीब्र बनाएको छ । क्षेत्र नम्बर १ का सभापति माधब राम खत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा भोलि सशक्त प्रदर्शन गरिने बताएका छन् । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हुन लागेको प्रदर्शनमा कांग्रेसका प्रभावशाली युवानेता एवम् पूर्व मन्त्री गगन थापा आएर सम्बोधन गर्ने क्षेत्र नम्बर का २ सभापति रमेश गुप्ताले जानकारी दिएका छन् ।
त्यस्तै क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले पनि प्रदर्शनको तयारीलाई तीब्र पारिएकोले सबै नेता कार्यकर्तालाई उपस्थित हुन आग्रह गरिएको बताए । बाँके कांग्रेस सभापति किरण कोइरालाले कांग्रेस सोमबार हुने प्रदर्शनमा नेता, कार्यकर्ता लगायत कांग्रेससँग आबद्ध सबै संगठनलाई उपस्थित हुन निर्देशन जारी गरेको बताइन् । क्षेत्र नम्बर १ सोमबारको प्रदर्शन कोहलपुरमा हुँदै छ भने क्षेत्र नम्बर २ को नेपालगन्जको त्रिभुवन चोकमा र क्षेत्र नम्बर ३ को प्रदर्शन खजुरामा हुन लागेको छ । त्यस्तै बाँकेको कोहलपुरमा आज हुने भनिएको प्रधानमन्त्रीलकेपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आफ्नो विरोधका कार्यक्रहको पूर्व तयारी भइसकेको नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितीले जानकारी दिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडा कार्यसमितीका पदाधिकारीहरु, भातृसंगठन लगायत अन्य नेपाली कांग्रेसका शुभचिन्तकहरुलाई बिरोध कार्यक्रममा सहभागी हुन नगरकार्यसमितीले अनुरोध समेत गरेको छ । आज हुने विरोध कार्यक्रम भव्य र शभ्य हुने नेपाली काग्रेस कोहलपुरले आशा लिएको छ ।