राप्तीमा नेकपामा पहिरो

पिपलबाेट संवाददाता


दाङको देउखुरीस्थित राप्ती गाउँपालिका नेपाली कांग्रेस वडा नं. ५ को कार्यालयको उद्घाटन गरिएको छ ।वडा नं. ५ स्थित कमल रोडमा पार्टी कार्यालय स्थापना गरिएको हो ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न पार्टी परित्याग गरेर ३० जना स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।वडा सभापति जगनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेसका नेता नुमानन्द सुवेदी, नेपाली कांग्रेस राप्ती गाउँपालिका ईकाइ समितिका सभापति दुर्योधन पाण्डेसहितका नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गरेका छन् ।नवप्रवेशीहरूलाई दाङ कांग्रेसका जिल्ला सदस्य हरि भुसाल, क्षेत्रीय सभापति तारा डिसी, गोवर्धन रावत, विद्याशरण चौधरी, विष्णु जिसी, आत्मराम भट्टाई लगायतले स्वागत गरेका थिए ।कांग्रेस प्रवेश गर्नेमा राप्ती गाउँपालिका–५, कमल रोड तथा कालापानी स्थानीय नेता कार्यकर्ता रहेका छन् ।

जीवलाल घर्ती मगर, सीता अधिकारी, भगवता भण्डारी, स्यामलाल घर्ती मगर, हीरा थापा मगर, नारायण चौधरी, अर्जुन चौधरी, रामभरोस चौधरी, दीपक चौधरी, गोवर्धन चौधरी, सीता परियार, नारायणी नेपाली, कालीचरण चौधरी, बुद्धिराम घर्ती मगर, रामदयाल चौधरी, देवमणि चौधरी, नवराज सिञ्जाली, अम्विका सारु मगर कांग्रेसमा प्रवेश गरेका छन् ।जितकला दमासे, पुष्पा पाण्डे, दानी थापा, जितबहादुर थापा, स्याम घर्ती मगर, हीरा थापा, ऋषिराम घर्ती, मेघलाल पाण्डे, गीता चौधरी, बुद्धि घर्ती मगर, पदम केसी, विसाल बस्याल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्ती गाउँपालिका– ७ मा पनि कांग्रेसको वडा पार्टी कार्यलय उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा करीव ७६ घर परिवारलाई कंग्रेसमा स्वागत गर्ने कार्यक्रम हरेको कांग्रेस नेता विद्याशरण चौधरीले जानकारी दिए ।दाङ जिल्लाबाट प्रतिनिधि सभामा नेकपाका कृष्णबहादुर महरा निर्वाचित भएका छन् । महरा सभामुख समेत बनेका थिए । महिलालाई यौनदुर्व्यवहार गरेको काण्ड लागेपछि महराको सभामुख पद फुत्किएको थियो । महरा दाङ– २ बाट निर्वाचित भएका थिए ।लुम्विनी प्रदेशको मुख्यमन्त्री रहेका नेकपाका नेता शंकर पोखरेलले जिल्लामा काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला राप्ती गाउँपालिकाबाट नेता कार्यकर्ताले नेकपा छाडेर कांग्रेस प्रवेश गरेका छन् ।नेकपाका नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेस प्रवेश गरेको क्षेत्र दाङको १ नम्बर क्षेत्रमा पर्छ । यो क्षेत्रबाट पनि नेकपाकै मेटमणि चौधरीले जितेका छन् । चौधरीले पनि काम गर्न नसेकेको आरोप लाग्दै आएको छ ।

 

१३ पुष २०७७ मा प्रकाशित
Nabintech