नेकपाको प्रचण्ड नेपाल समूहका नेता योगेश भटराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड दाहाल समूहले हिजो नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको आरोप लगाए । पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप पनि लगाए । पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुकको पार्टीको लागिमात्र होइन् मुलुककै लागि अहितपूर्ण काम गरेको आरोप लगाए । न अहिले पूर्व माओवादी छ न त अहिले नेकपा एमाले छ उनले भने, छ त केवल नेकपामात्र छ । उनले केपी ओलीको इतिहासले मूल्यांकन गर्ने बताए । जुन चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाए ।उनले सुर्य चिन्ह अव नेकपाकै हुने दावी गरेका थिए । त्यो भनेको प्रचण्ड नेपाल समूहले नै सुर्य चिन्ह पाउने बताए । संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेको उनले आरोप छ । कार्यक्रममा प्रदेश सांसद आइपी खरेल, अशोक कोइरालालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।