सप्तरीमा राजावादीको जुलुसमा दलका युवाको अवरोध, ब्यानर जलाइयो

पिपलबाेट संवाददाता


राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्‍यालीमा अवरोध भएको छ ।स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् ।राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरुले ती सामग्री खोसेर आगो लगाएका छन् ।

र्‍याली सामग्री खोस्दै र्‍यालीमा सहभागी हुन आएकालाई उनीहरुले भगाएका छन् । अहिले शिव मन्दिर प्राङ्गण खाली भएका छन् ।सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा राजा र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राख्दै र्‍याली निकाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।आफूहरुको र्‍याली बिथोल्ने प्रयास गर्नु संवैधानिक हकलाई कुण्ठित गर्नु सरह भएको र्‍याली संयोजक राजेश दासले बताए ।उनले आफूहरुको कार्यक्रममा अवरोध गरे पनि कार्यक्रम गरिछाड्ने बताए ।मंगलबारै प्रचण्ड-माधव समूहको नेकपाले समेत प्रदर्शन गर्ने तयारी गरेको छ । अहिले राजविराजमा व्यापकरुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

१४ पुष २०७७ मा प्रकाशित
Nabintech