कोहलपुरमा बजार बन्द गर्ने वा नगर्नेमा विवाद

पिपलबाेट संवाददाता


बन्दको निर्णय पहिलै भइसकेकोले पुनः निर्णय गर्नुपदैन् ः अध्यक्ष अधिकारी

व्यवसायी मारमा परेका छन् त्यसैले पुनः निर्णय गर्नुपर्छ ः संयोजक सापकोटा

विश्वभरी फैलिरहेको कोरोना भाईसरका कारण अन्य क्षेत्र जस्तै व्यवसायी क्षेत्रमा नराम्रो असर पारीरहेको छ । साना तथा ठुलो उद्योग, कलकारखाना, व्यापार व्यवसायी धरापमा पर्ने अवस्था पुगेका छन् । अन्य क्षेत्र जस्तै कोहलपुर क्षेत्रका व्यवसायीहरुले कोरोना भाइरसका कारण लामो समय सम्म आफ्ना व्यवसायीहरु बन्द गरे । कोरोना महामारीका बिचमै करिब ८ महिनापछि आफ्नो व्यवसायी संचालनमा ल्याएका व्यापारीहरुले अब व्यापार बन्द नगर्ने बताउँदै आए पनि कोहलपुर उद्योग वाणिज्य संघले हरेक महिनाको १५ गते र अन्तिम शनिबार बन्द गर्दै आएको व्यवसाय पुनः बन्द गर्दै आएको छ । कोहलपुरमा बुधबार (पौष १५) सबै पसलहरु प्राय बन्द नै रहेका छन् । कोहलपुर उद्योग वाणिज्य संघले महिनाको १५ गते र अन्तिम शनिबार अर्थात महिनामा दुई दिन कोहलपुर बजार बन्द अब गर्न नहुने भन्दै कतिपयले आवाज उठाईरहेकै अवस्थामा कोहलपुर उद्योग वाणिज्य संघले पुनः कोहलपुर बजार बन्द गराएको छ । महिनाको १५ गते कोहलपुर बजार बन्द भएपछि कोहलपुर उद्योगा वाणिज्य संघका उपमहासचिव एवम् प्रजातान्त्रिक उद्योग व्यवसायी संघका संयोजक मात्रिका सापकोटाले कोहलपुरका उद्योग व्यवसायीहरु बन्दाबन्दीको मारमा परेकाले हालको समयमा हरेक महिनाको १५ गते बन्द गर्नु नपर्ने र उद्योग वाणिज्य संघले आधिकारीक निर्णय नगरेको बताएका छन् । कतिपय उद्योगी व्यवसायीहरु कोरोना भाइरसको मारमा परेर व्यवसायबाट बिस्तापित हुन पर्ने वातावरण सिर्जना भइरहेको बताउँदै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको एकल निर्णयले कोहलपुर बजार बन्द हुन नसक्ने उनले बताएका छन् । यता कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनका बिचमा कोहलपुरका बजार बन्द नगर्ने निर्णय गरिएको बताएका छन् । साथै उनले लकडाउन हटेसँगै कोहलपुर बजार महिनामा दुई दिन बन्द हुने पहिले नै निर्णय गरे अनुसार पौष १५ बजार बन्द गरिएको बताएका छन् । आफु व्यापारीहरुको पक्षमा भएको बताउँदै अध्यक्ष अधिकारीले व्यापारीका प्रतिनिधिहरुले नै गरेको निर्णयलाई आफुहरुले कार्यन्वयनमा मात्र ल्याएको बताएका छन् ।
लामो लकडाउनका कारण कतिपय उद्योगी, व्यवसायी तथा साना तथा मझौला व्यवसायीहरुले घरभाडा समेत तिर्न नसक्ने अवस्था पुगिसकेका छन् । कोरोना भाईरसका कारण कोहलपुर उद्योग वाणिज्यस संघको चुनावि साधारण सभा समेत स्थगित भएको थियो भने स्रोतका अनुसार कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको चुनावी साधारण सभा फागुन सम्म हुने भएको छ ।

१५ पुष २०७७ मा प्रकाशित
Nabintech