शर्मालाई सिफारिस , सापकोटालाई स्पष्टिकरण

पिपलबाेट संवाददाता


कोहलपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पौष २५ गते हुन गईरहेको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा कार्यकारिणी सदस्य (उद्योग वाणिज्य क्षेत्र) पदका लागि नरेन्द्र शर्मालाई उम्मेद्वारका रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघको बिहीबार बसेको बैठकले संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्यलाई पुन कार्यकारिणी सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरिएको कोहलपुर उद्योग वाणिज्य संघमा महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिएका छन् । साथै सो बैठकले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पौष २५ गते हुन गईरहेको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागिताको लागि संघ अध्यक्ष चक्र बहादुर अधिकारी, निवर्तमान अध्यक्ष नरेन्द्र र महासचिव तेज प्रसाद अधिकारीलाई प्रतिनिधिका रुपमा पठाउने निणर्य समेत गरिएको छ । यसका साथै बैठकले पौष १५ गते कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव मातृका सापकोटाले साजिका संजालमा आफ्नो पदिय मर्यादा र संघको हित विपरित कार्य गरेको भिन सात दिन भित्र स्पष्टिकरण माग गरिएको पत्रलाई बैठकले अनुमोदन गरिएको छ ।

१६ पुष २०७७ मा प्रकाशित
Nabintech