२७ वर्षदेखी भारतमा काम गर्दै गरेका नेपालीहरुको अनुभव

स्याम विष्ट / बाँके


कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने सोनी पढने उमेरमा आर्थिक अभावका कारण पढाईलाई छोडेर २०६० सालमा साथीभाई संग सोनी भारत पुगेका थिए । हिन्दी भाषामा नजानेका सोनी पहिले पहिले होटलको हेल्परमा २ हजार भारतिय रुपँयामा काम गर्न थाले । यता देशमा भएको दिनहुँ आन्दोलन र घरपरिवार आर्थिक अवस्था कमजोर भएपछी आफ्नो परिवारलाई घरखर्च जोहो गर्नका लागि भारत जानुपर्ने बाध्यता बनेको थियो । लामो समयसम्म होटल क्षेत्रमा काम गर्ने मोका सोनीले पाए । काम सिक्दै गएपछी र होटल मालिकले विश्वास गरेपछी सोनी अहिले होटल टयाक्स प्लाजाको सेपको रुपमा काम गर्र्दै आइरहेका छन् । सोनीलाई नेपालमा केही गर्ने इच्छा छ तर नेपालमा भनेजस्तो आम्दानी गर्ने वातावरण नभएपछी उनी भारतमै आफ्नो मजदुरी र पसिना बगाउन बाध्य भए । २ हजारबाट शुरुवात भएको सोनीको पारिश्रमिक अहिले महिनाको नेपाली रुपैँया ५० हजार बुझ्ने गर्छन् र हरेक महिनाको नेपालको ५ गते आफ्नो परिवारलाई आफुले आम्दानी गरेको रकम घरमा पठाउने गरेका छन् । सोनी जस्तै अर्का पात्र हुन पदम वि.क. । विगत १८ वर्षदेखी भारतको सुरत स्थित केक कम्पनीमा काम गर्ने गर्दछन् । केकका विभिन्न डिजायन गर्नका लागि पहिले पहिले आफुलाई निकै दुख सास्ती खेप्नुपरेपनी अहिले वि.क. केक प्रशिक्षकको भुमिका निर्वाह गरिरहेका छन् । वि.क.को पारिश्रमिक पनी महिनाको ४८ हजार आफनो खर्च कटाएर बचाउने गर्दछ । वि.क. जस्तै सयौँ युवाहरु भारतको सुरतमा विभिन्न सीप सिकेर वर्षमा लाखौँ आम्दानी गर्र्दै आएका छन् । वि.क. भन्छन् प्रदेशमा हामीलाई काम गर्न रहर छैन तर बाध्यताले हामी काम गर्न बाध्य छौँ हामीले सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गर्न पाएको खुसी हुने थियौ तर वातावरण नै नभएको उनको दुखेसो रहेको छ । वैदेशिक भूमिमा जम्मा गरेको केही रकमलाई स्वदेशमै उत्पादकमूलक क्षेत्रमा लगानी गर्न सकियो भने आफ्नै घर परिवारसँग बस्दै स्वदेशमै रमाउन सकिने तर सरकार तथा स्थानिय निकायले यस वर्षमा सोच्नुपर्ने सोनी बताउछन् ।’

 

भारतको केक कम्पनीमा केकको इजायनमा परिपक्क भएका तेज बहादुर

विदेशको सीप नेपालमा प्रयोग गर्ने योजना रहेको छ : तेज बहादुर
कलिलो उमेरमा कुनैपनी सीप नसिकेर २०६५ सालमा भारतमा प्रवेश गरेका तेज बहादुर सोनीको होटल क्षेत्रको अनुभव र केक कम्पनीमा काम गर्न लागेको अनुभव पनी थुप्रै वर्ष भइसकेको छ । विदेशी भूमिको अनुभव, मेहनत, लगनशीलता, आत्मबल, जिम्मेवारी बोध,  पारदर्शिता र पारस्परिक विश्वासलाई सँगसँगै लिएर हिँड्न सके सफलताले हामीलाई पछ्याउँछ । व्यक्तिगत जीवनको लागि रोजगारी वा व्यवसाय जे गरेपनि केही समय सामाजिक क्षेत्रको निम्ति छुट्याउन सके त्यसले व्यक्तित्व निर्माण र विकासमा सहयोग पु¥याउनुका साथै समाजप्रतिको उत्तरदायित्व र सामूहिक भावको विकास गराउँदै लैजान्छ । जसले गर्दा ढिलो चाँडो राष्ट्र निर्माणमा योगदान गर्न सहज बाटो निर्माण हुन्छ भन्ने सोच तेज बहादुरको रहेको छ । सबैभन्दा ठूलो धर्म त्यो रहेछ, जसले आफ्नो आम्दानीको केहि प्रतिशत दुःख, अप्ठेरोमा परेका आफ्ना देशका नागरिकका लागि छुट्याएर पीडालाई शक्तिमा रुपान्तरण गर्न प्रत्यक्ष भूमिका निर्वाह गर्दछ । म पनि करिब १७ वर्ष सिकेको ज्ञान, सीप र अनुभवलाई आफ्नै देशमा लगानी गर्ने योजना बनाएका छु । जसका कारण आफु मात्र नभई अन्य साथीहरुलाई आफुले सिकेको सीपलाई बाँडन सकियो भने म जस्तै अन्य युवासाथीहरु
बेरोजगार हुन नपरोस भन्ने सोचाई तेज बहादुरको रहेको छ । तेज बहादुरले काम गर्ने केक कम्पनीमा बाँके, बर्दिया, दैलेख ,सुर्खेतका झण्डै १ हजार युवाहरु काम गरिरहेका छन् । लामो समय वैदेशिक रोजगार र भारतमा समय बिताएरका युवाहरूले कृषि फार्म, होटल, रेस्टुरेन्ट, केक हाउस लगायतका व्यवसाय सञ्चालन गरेर आफूमात्रै स्वदेशमा रमाएका छैनन्, उक्त कम्पनीहरूमा केही युवाहरूलाई जागिर दिएर वैदेशिक रोजगारमा जानबाट रोकेका छन् ।

केक निर्माणमा आफ्नो अब्बल क्षमता देखाउने पदम वि.क.

 

होटल क्षेत्रमा लामो सयमदेखीको अनुभव बटुलेका ललित सोनी

 

१७ पुष २०७७ मा प्रकाशित
Nabintech