लोकसेवा तयारी कक्षा सञ्चालन

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज स्थित वन तथा वातावरण समन्वय संरक्षण समितिको भवनमा मुख्यमन्त्री ग्रामिण विकास तथा रोगजागर कार्यक्रम अन्तर्गत सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा सञ्चालन भएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सहयोग र यूथ भोलुम यूवा क्लब कोहलपुरको संचालकमा सो लोकसेवा तयारी कक्षा संचालन भएको छ । लोकसेवाका लागि तयारी गरिरहेका यूवालाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गरिएको यूथ भोलुम यूवा क्लबका अध्यक्ष चेतकान्त भट्टराईले बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फारम भरेका वा भर्न चाहेका यूवालाई सो कार्यक्रमले विशेष जोड दिएको उनले बताएका छन् । मुख्य प्रशिक्षकमा गंगाधार लम्साल रदिनेश सिग्देल रहेका छन् ।

१७ पुष २०७७ मा प्रकाशित
Nabintech