पार्टी विभाजनले औपचारिकता पाए कोहलपुरमा जोगिएला नेकपाको साख

स्याम विष्ट / बाँके


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भइरहँदा बाँकेको कोहलपुरमा पनि सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै नेकपा विभाजित भइसकेको छ । यो घटनापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत पार्टीका शीर्षस्थ नेताहरूको एउटा समूह र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को समूह एक–अर्कोविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिइरहेका छन् । यो आरोप प्रत्यारोप र नेतारकार्यकर्तालाई आफ्नो समूहमा तान्ने खेल बाँकेको कोहलपुरमा पनि तीव्र भएको छ । जिल्लादेखि वडा तहसम्मका नेतारकार्यकर्ता विभाजित देखिएका छन् । दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदम असवैधानिक भएको भन्दै वडा तहसम्म विरोध कार्यक्रम गरिरहेका छन् । उता, प्रधानमन्त्री ओली पक्षका नेता र कार्यकर्ताहरू पनि सरकारको प्रतिरक्षा र दाहाल–नेपाल पक्षविरुद्ध निकै डटेर लागिपरेका छन् । बाँकेको कोहलपुर नगरपालिका राजनीतिक हिसाबले बाँकेमा नेकपाको उपस्थिति निकै बलियो मानिन्छ । संघीय निर्वाचन क्षेत्रमा नेकपाले नै बाजी मारेको थियो भने कोहलपुर नगरपालिका वडा नं. १,२,३,४,६,८,११,१२,१३,वडामा स्थानीय तहमा नेकपा नेतृत्वकै सरकार छ । स्थानिय तहमा रहेका निर्वाचित जनप्रतिनिधीहरु कुन खेमामा बाडिएका छन् त्यो खबर बाहिरिन केही समय भने लाग्नेछ ।
आफ्नो पक्ष बलियो रहेको दावी
कोहलपुर नगरपालिकामा नेकपाबाट विभाजित दुवै समूहले आ–आफैँ बलियो रहेको दाबी गर्दै आएका छन् । नेकपा बाँके कोहलपुरका केपी शर्मा ओली निकटका केन्द्रिय सदस्य समेत रहेका पुजन विश्वकर्माले बाँकेमा आफ्नो खेमा बलियो रहेको दावी गरे । टेलिफोन सम्पर्कमा विश्वकर्माले भनेका छन् नेकपाको शक्ति र पार्टी अध्यक्ष र महासचिव एउटै धारमा रहेकाले जनताको भावना विपरित कार्यहरु प्रचण्ड पक्ष र माधव पक्षले गरिरहेकाले आधिकारिक पार्टी केपी ओली पक्षको नै भएको जिर्गिर गरेका छन् । उनले भनेका छन् केपी ओली सरकारले नाकाबन्दीको समयमा समस्याको समधान गर्नुको साथै ३ सय ९६ स्थानमा अस्पतालको शिलन्यास, उद्योग, कलकारखानामा सयौँ युवाहरुलाई रोजगार दिन सफल भएकाले केपी ओलीको सरकारले राम्रा कामहरु गर्दै जाँदा पनी खुट्टा तान्ने प्रविधी भएकाले प्रचण्ड पक्षका नेताहरुलाई सुर्धिन समेत अनुरोध गरेका छन् ।
उनले आफू नेकपामै रहेको र जिल्लामा पनि आफ्नो समूह बलियो रहेको बताउँदै प्रचण्ड–माधव समूह निकै कमजोर रहेको नेता विश्वकर्माले बताएका छन् । नेता विश्वकर्माले.भने ’आफू गुट मा भन्दा पनि पार्टीमा रहेकाले जिल्लामा वली पक्ष बलियो रहेको र अब झन् बलियो बन्ने दाबी गरे ।’ यता प्रचण्ड–माधव समूहका नेतृ एवं कोहलपुर नगर कार्यसमिती अध्यक्ष बसन्ती अधिकारीले केपी ओली छोटे राजा पाल्ने कम्पनी भएकाले पार्टीको निती नियम बिपरित विभिन्न क्रियाकलाप गर्दै अगाडी बढेकोले स्थानिय तहदेखी केन्द्र सरकार सम्म आफ्नो पक्ष बलियो रहेको बताएकी छन् । अध्यक्ष अधिकारीले टेलिफोन सम्पर्कमा भनेकी छिन् आफु कोहलपुर नगर कार्यसमितीको आधिकारीक निर्वाचित अध्यक्ष समेत रहेको दाबी गरिन् आफ्नो खेमामा कार्यकर्तादेखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधी पार्टी एकता ताका जिल्लाबाट चुनिएका केन्द्रीय सदस्यहरूको बहुमत रहेको उनको दाबी रहेको छ । उनले ८५ जना जना सदस्य माधव–प्रचण्ड समूहमा रहेको जानकारी दिएकी दिइन् । नेपालमा न्याय नमरेको र आफ्नो पक्षमा अदालतबाट छिट्टै न्याय हुने समेत जानकारी दिइन् ।
विभाजनपछि जोगिएला साख ?
बाँके क्षेत्र नम्बर एकमा नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज, क्षेत्र नम्बर दुईमा संघीय समाजवादी फोरम मोहम्मद इस्तियाक राई र ३ नम्बर क्षेत्रमा नेकपा एमालेका नन्दलाल रोकाया प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बलियो पटक मानिएको क्षेत्र नम्बर दुईको प्रतिनिधिसभा सदस्यमा इस्तियाक राई २१ हजार पाँचसय ७५ मतसहित निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पनि एक सिट कब्जा गरेको थियो । फोरमका इस्तियाकका निकटतम प्रतिद्वन्द्वी वाम गबन्धनबाट नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले १५ हजार नौसय ५१ मत प्राप्त गरेका छन् भने जित्ने दाबी गर्दै आएको लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ओमप्रकाश आजातले ११ हजार ६ सय २२ मत प्राप्त गरेका थिए ।
यस्तै बाँके क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नन्दलाल रोकाले ३१ हजार ६ सय १ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेको थिए । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका महेश्वरजंग गहतराज संग २ हजार ९ सय ५६ मत फरक परेको थियो । ६ वटा प्रदेशसभा रहेको बाँकेमा चार स्थानमा वाम गबठन्धनका उम्मेदवार निर्वाचित भएका थिए । त्यस्तै प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदार कृष्णा केसी (नमूना) १३ हजार ४ सय ३६ मत प्राप्त गरि बिजय भएकी थिइन् भने लोकतान्त्रिक गठबन्धका शरदचन्द्र वर्माले १० हजार २ सय ४० मत प्राप्त गरेका थिए । उक्त मतलाई हेर्ने हो भने ३ हजार १ सय ९६ फरक देखिन्छ । बाँकेका सबै क्षेत्रका मतआन्तर हेर्दा २ देखी ३ हजार सम्म फरक देखिन आएको छ । त्यस्तै कोहलपुर नगरपालिकाको प्रमुखमा ९ हजार ७ मत प्राप्त गरी एमालेका लुट बहादुर रावत बिजयी भएका थिए । यसैगरी उपप्रमुमा नेपाली काँग्रेसका सञ्जु चौधरी १० हजार ५६ मत प्राप्त गरी बिजयी भइन । प्रमुखमा नेपाली काँग्रेसका भानुभक्त भट्टराईले ८ हजार ९२४ र माओवादी केन्द्रका नरेन्द्र चौधरीले ६ हजार २२१ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेका कृष्ण थारुले ९ हजार ३७९ र माओवादी केन्द्रका देबी थारुले ४ हजार ९४९ मत प्राप्त गरेका थिए । यसरी प्रमुख र उपप्रमुखको दाबेदार रहेका उम्मेदारीहरुको मतअन्तरलाई हेर्दा झिनो मतले नेपाली कांग्रेसले पराजय भएको थियो भने उपप्रमुखको शाख भने जोगाएको थियो । यसरी नेकपाको पार्टी विभाजनले कोहलपुरमा कांग्रेसलाई फाइदा हुने देखिएको कतिपय स्थानियहरुको भनाई रहेको छ । नेकपा भित्रको झगडाले आगामी निर्वाचनमा नेपाली कांग्रेशले समयमै बुद्धि बिबेक पु¥यायो सक्यो अवसरको मौका उठाउने देखिन्छ । नेकपाको बिबादले अहिले स्थानिय तहको वडा स्तरसम्म झगडाको बिउ रोपिदिएको छ । भातृसंगठन देखी क्रियासिल सदस्यहरु समेत कुन खेमामा बाडिनेहुन त्यो भने अन्यौलता नै देखिएको छ । नेकपा भित्रको झगडाले कतिपय कार्यकर्ताहरु दिक्क समेत भइसकेका छन् भने कतिपय लाइनमै देखिन्छन् ।

२० पुष २०७७ मा प्रकाशित
Nabintech