बसोबास सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाको उद्घाटन लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी गरेका थिए ।कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुवेदीले बसोबास सहकारीले ऋण मात्र ल्याएको र सो ऋण भूमिहिन तथा सुबुम्बासीहरुलाई दिएको जानकारी आफुले पाउँदा संस्थामा ऋणकै विषयमा कुनै समस्या आउने होकी भनेर आफु चिन्तित बनेकोमा हाल आएर त्यसबाट मुक्त भई संस्थाले राम्रो व्यवस्थापन गरिरहेको बताएका छन् । सहकारी अभियान एक ठाउँमा समस्या आउँदा अर्को ठाउँमा सहकारी प्रति सोच्ने मनोविज्ञान परिवर्तन हुने हुँदा सहकारीले भूमिहिन र सुकुम्बासीहरुलाई लगानी गरि आर्थिक रुपमा आत्मानिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले मानिस जन्मेदेखि मृत्युसम्म सहकारी असल साथीका रुपमा स्थापित भईसकेको जानकारी दिँदै बचत गरी वृद्धावस्थाको जीवनलाई सरल बनाउन सबैमा आग्रह समेत गरेका छन् । सहकारीको मुटु कर्मचारी भएकाले कर्मचारीहरुलाई सहकारी सम्बन्धीका आधुनिक ज्ञान र सीपको तालिम दिन आवश्यक रहेको बताउँदै सहकारीको उचित व्यवस्थापनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् । साथै उनले सहकारीहरु नीति, विधि र विधानमा संचालन हुनुपर्ने भन्दै सहकारीहरुले आर्यआजर्न मुलक कार्यहरुका लागि विशेष नीति लिन सुझाव समेत दिएका छन् । ‘हामीले सहकारीलाई नीति, विधानमा संचालन गर्नुपर्दछ, आफ्ना शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउनका लागि फकर–फरक प्रकृतिका व्यवसायी गर्नका लागि प्रोत्साहन गर्नुपर्छ’ उनले भने ‘त्यसका लागि बसोबास सहकारीले भूमिहिनका लागि काम गरिरहेको छ, राज्यको नीति भित्र रहेर कार्य गर्न सुझाव दिन चाहान्छु ।’
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष गीता वलीले सहकारीले कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेको शहरी गरीब अव्यवस्थित भूमिहिन र सुकुम्बासीहरुलाई सेवा प्रदान गर्र्दै आईरहेको जानकारी दिँदै नगरपालिका क्षेत्रभित्र रहेको शहरी गरीब भुमिहिन समुदायिको विकास र प्रगतिप्रति लक्षीत रहनु संस्थाको प्रमुख उद्देश्य रहेको बताएकी
छिन् । साथै उनले अव्यवस्थित रुपमा छरियर रहेकी महिलाहरुलाई संगठित गराई आवश्यक भन्दा बढि हुने खर्चलाई कटौति गरी बचत गर्ने बानिको विकास गर्नुको साथै सामाजिक नैतिक सामाजिक रुपमा पछाडि महिलाहरुलाई विशेष ध्यान दिईरहेको बताएकी छिन् । साथै उनले संस्थाले हालसम्म छ सय १५ वटा शौचालय सहित घर निर्माण गरी असुरक्षित बासको समस्या भेलिरहेका सदस्यहरुलाई सुरक्षित बासको अनुभूति गराईसेकेको बताएकी छिन् । सहकारीले संस्थाको सदस्यहरुलाई स्वच्छ खानेपानीका लागि कोहलपुर साना शहरीय खानेपानी उपभोक्ता संस्थासँग सहकार्य गरी ५८ वटा धारा निर्माण भई सकेका छन् भने कोहलपुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषण गर्नका लागि बसोबास सहकारीले चार सय ५६ जना सदस्यका शौचालय निर्माण गरेको र हाल आएर स्वच्छ खानेपानी पिउनको लागि ९९ वटा बायोस्यान्ड फिल्टरमा पनि लगानी गरेको जानकारी दिएकी छिन् ।कार्यक्रममा बोल्दै केन्द्रीय कृषि सहकारी संघका संचालक सदस्य देब बहादुर केसीले सरकारले भूमिहिन र सुकुम्बासीहरुलाई जग्गा धनि प्रमाणपत्र दिने बताएपनि हालसम्म जग्गा धनि प्रमाण पत्र नपाएको बताउँदै अब सहकारीले यसका लागि रचनात्मक भूमिका खेल्न आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंककी संचालक बिजया धितालले सहकारीका लागि तालिम, नीति निर्माण र विधि लगायत अन्य कुनै समस्या परेको खण्डमा राष्ट्रिय सहकारी बैंकले आफ्ना सहकारी सदस्यहरुका लागि विभिन्न योजनाहरु ल्याईरहेको जानकारी दिँदै सहकारीको विकास र समृद्धिसँगै राष्ट्रिय सहकारी बैंक रहेको जानकारी दिएकी छिन् । बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०७६÷०७७ को शेयर पूँजि एक करोड १५ लाख ९७ हजार, कोष हिबास ९३ लाख, बचत एक करोड ६४ लाख रहेको छ ।यसका साथै बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.बाट पूर्ण कुमारी भुजेलले दुईलाख रुपैयाँ लिएर धौलागिरी घरेलु साना मिठाई उद्योग संचालन गरिरहेकी छिन् । उनले आफुले हालसम्म ९० हजारको मिठाई बिक्रि गरिसकेको जानकारी दिँदै विस्तारै उत्पादनलाई वृद्धि गरी बजारिकरण गर्न सहयोग गर्न आग्रह समेत गरेकी छिन् । अन्य क्षेत्रभन्दा आफुले उत्पादन गरेको मिठाई कम मूल्यमा दिईरहेको उनले बताएकी छिन् ।बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष गिता वलीको सहभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी सचित केश सुकारी वलीले सहजिकरण गरेकी थिईन भने कार्यक्रममा सहकारीका शेयर
सदस्यहरुको सहभागिता रहेको थियो ।

२४ पुष २०७७ मा प्रकाशित
Nabintech