कोहलपुरमा महानगरको बहस, ‘कोहलपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन छलफल सुरु’

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउमा जोड दिईएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनि प्रदेशको आयोजानामा कोहलपुरमा सम्पन्न भएको महानगर स्थापना संभाव्यता अध्ययन अभिमुखिकरण गोष्ठिमा बोल्दै कोहलपुरका राजनीतिक दलका नेताहरुले कोहलपुर नगरपालिकालाई महानगरपालिका बनाउन नभएर कोहलपुरलाई नै उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिएका छन् । साथै उनिहरुले अन्य स्थानिय तहसँग गाभिएर महानगर बनाउने पक्षमा कोहलपुरका जनता नरहेको बताएका छ्न ।
सो गोष्ठमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका कोहलपुर नगर अध्यक्ष खिल प्रसाद भुषालले नेपालगञ्जले विगतदेखि कोहलपुरमा सरकारी तथा अन्य संघसंस्थाका कार्यालय आउन नदिईरहेको बताउँदै नेपालगञ्ज उपमहानगरपालिकासँग कोहलपुर नगरपालिका मिसिएर महानगरपालिका बनाउने अभियानमा नलाग्न चेतवानी दिएका छन् । साथै उनले कोहलपुर नगरपालिका र यहाँका जनता स्वतन्त्र भएको बताउँदै कोहलपुरलाई निकट भविष्यमा उपमहानगरपालिका बनाउने तिर सबैको ध्यान केन्द्रीत भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपालि काँग्रेस कोहलपुरका नगर सभापति बलराम शर्माले कोहलपुरसँग बैजनाथ र राप्तीसोनारीका केहि वडाहरुलाई जोडर उपमहानगरपालिका बनाउनुपर्ने भन्दै कुनैपनि हालमा नेपालगञ्ज उपमहानगरपालिकासँग कोहलपुर जोडेर महानगरपालिका बनाउन नसकिने बताएका छन् । साथै उनले कोहलपुरलाई नेपालगञ्जसँग जोडेर महानगर बनाउने प्रयास भए नेपाली काँग्रेस आन्दोलनमा जोड भन्दै विना आधार र जनताको भावना बिना गरिने कार्यको काँग्रेसले प्रतिवाद गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपाका नेता अवराज खड्काले नेपालगञ्ज र कोहलपुर नगरपालिका बिच भावनात्मक एकता हुन नसकेको भन्दै महानगरपालिका बनाउँदा विकासका सम्भावयतालाई विशेष ख्याल गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा (प्रचण्ड–माधव) कोहलपुरका सचिव तुलराज विष्टले नेपालगञ्ज र कोहलपुरमा धार्मिक विविधता भएकाले दुई पालिका मिल्न केहि असहज हुने भन्दै विकासको सम्भावनाहरुलाई जोडेर सबै अगाडि बढनुपर्ने बताएका छन् । साथै उनले कोहलपुर सम्भावनाको शहर भएकाले विकासको तिव्र गतिमा अगाडि बढिरहेको कोहलपुरलाई महानगरमा तत्काल जान कुनै आवश्यकता नपरेको भन्दै विकासको तिव्र गतिमा हिडेको कोहलपुर नगरलाई बाधा नपु¥याउन सबैलाई आग्रक समेत गरेका छन् । कोहलपुर नगर कार्यपालिकाकी सदस्य कल्पना शर्माले कोहलपुर र नेपालगञ्ज उपमहानगरपालिका मिलेर नगरपालिका बनाउने भए महानगरको नाम कोहलपुर रकार्यालयहरु कोहलपुरमा हुनुपर्ने अन्यथा नेपालगञ्जलाई महानगर मानेर कोहलपुर जाने कुरा स्वीकार नहुने बताएकी छिन् । त्यस्तै कोहलपुर नगरकार्यपालिकाकी सदस्य नारायणी वलीले कोहलपुरको पहिचान स्थापित भईसकेको र नेपालगञ्जको पहिचान ऐतिहासिक भएको भन्दै भखरै पहिचान स्थापित गर्न लागेको कोहलपुर नगरपालिका नेपालगञ्जसँग मिलेर महानगरपालिका बनाउन नसक्ने बताएकी छिन् ।
कार्यक्रम बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा.धवल शम्शेर राणाले नेताहरुले आफ्नो राजनीतिक स्वार्थ भन्दा माथि उठेर जनताको विकासको भावनालाई ख्याल गर्न आग्रह गरेका छन् । साथै उनले नेपालगञ्जमा विकासका पूर्वाधारहरु निर्माण भईसकेको बताउँदै अब महानगरपालिका बनाई अन्य क्षेत्रको विकास गरिने बताएका छन् । साथै उनले नेपालगञ्जका रहेका कुनै पनि सरकारी कार्यालयहरु कोहलपुरमा आउन नसक्ने भन्दै नयाँ कार्यालयहरुका बारेमा सोच्न सकिने बताएका छन् । साथै उनले महानगरपालिका बनाउँदा राज्यले ध्यान बाँकेमा जाने भएकाले महानगरपालिका बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले महानगरपालिका बनाउँदा साना साना कुराहरुमा विवाद हुने भन्दै अध्ययन गरी निर्णयमा पुगिने बताएका छन् । साथै उनले कोहलपुरका जनताको भावनालाई आत्मासाथ गरी यहाँको विकास रसमृद्धिसँग मेल खाने गरी निर्णय गरिने बताएका छन् । जिभि अफ ग्रीड प्रालिका प्रतिनिधि निरोज तिमिल्सिनाले लुम्बिनि पर्देशका भैरवा–बुटवल, तुल्सिपुर–घोराही र नेपालगन्ज–कोहलपुरलाई महानगरपालिका कसरि बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरि सोको अध्ययन गरिने बताएका छन ।
मापदण्ड नै पुग्दैन
विशेष गरी महानगरपालिका घोषणा गर्नका लागि करिब पाँच लाख जनसंख्या र करिब एक अर्ब आन्तरिक राजश्व उठ्नुपर्ने लगायतका अन्य धेरै मापदण्डहरु आवश्कय पर्ने गर्दछन् । तर बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको हाल जनसंख्या एक लाख ७७ हजार नौ सय ३८ रहेको छ भने कोहलपुर नगरपालिकाको ९१ हजार ६७ गरी कुल दुई लाख ६९ हजार ५ जनसंख्या पुग्ने भएकाले तत्काल जनसंख्याको मापदण्ड अनुसार पनि महानगपालिका घोषणा हुने सम्भावना कम रहेको छ । साथै नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक राजश्व वर्षमा १४ करोड आठ लाख रहेको भने कोहलपुर नगरपालिकाको पाँच करोड ४३ लाख गरी जम्मा १९ करोड ५२ लाख मात्र हुने भएकाले अन्तरिक राजश्वको मापदण्ड अनुसार पनि महानगरपालिका घोषणाको सम्भावना न्यून रहेको पाईन्छ । यसका साथै अन्य विभिन्न मापदण्ड अनुसार तत्काल कोहलपुर–नेपालगञ्ज मिलेपनि महानगरपालिका घोषणा हुने सम्भावना कम देखिएपछि डुडुवा र जानकी गाउँपालिकालाई पनि महानगरपालिकामा जोड्न सकिने बताईएको छ । तर कोहलपुरका सर्वसाधारणहरुले नेपालगञ्जसँग गासिएर महानगरपालिका बनाउनुभन्दा कोहलपुर आफैमा विकसित शहर भएकाले भविष्यमा उपमहानगरपालिका हुँदै महानगरपालिका कोहलपुर नै बन्न सक्ने बताएका छन् ।

२५ पुष २०७७ मा प्रकाशित
Nabintech