संसद् विघटनविरुद्ध काँग्रेसद्धारा कोहलपुरमा प्रदर्शन

पिपलबाेट संवाददाता


प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले शनिबार कोहलपुरमा विरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस बाँके निर्वाचिन क्षेत्र नं. १ (ख)ले कोहलपुरमा प्रतिनिधि सभा विघटनका विरुद्ध विरोध प्रर्दशन गरेको हो । विरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई विशेष जोड दिएका छन् । विरोध सभामा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य भानुभक्त भट्टराई, नारायण प्रसाद गौडेल, हुर्मत न्यौपानेले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सडकमा आएको बताएका छन् । साथै उनीहरुले प्रतिनिधि सभाको विघटन गर्ने प्रधानमन्त्रीलाई विशेष अधिकारी नभएको अवस्थामा प्रधानमन्त्री केपि शर्मा ओलिले संविधानको मर्म रभावना विरुद्ध प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाका लागि काँग्रेस जनताको बिचमा आएको बताएका छन् । ‘देशमा हत्या, हिंसा, बलत्कार र भ्रष्टचार संस्थागत भएको अवस्था छ, यसलाई रोक्न काँग्रेस सडकमा आएको छ’ उनीहरुको भनाई रहेको थियो ।
कार्यक्रमम बोल्दै नेपाली काँग्रेस कोहलपुर नगरभापति बलराम शर्माले केपि शर्मा ओलिले निर्वाचन गराएको खण्डमा निर्वाचनमा नेपाली काँग्रेस जाने बताउँदै निर्वाचनका लागि जनतालाई तयार रहन पनि आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बाँके अध्यक्ष पूर्ण प्रसाद आचार्यले संविधान माथि भएको आक्रमणबाट नेपाली जनता मर्माह भएको बताउँदै जनतालाई काँग्रेसको साथ रहेको बताएका छन् । साथै संविधान प्राप्त गर्न हजारौंले ज्यान दिएको बताउँदै प्राप्त उपलब्धीहरुको रक्षाका लागि काँग्रेस सडकबाटै आन्दोलनको सुवाति चरणमा रहेको बताएका छन् ।
सभामा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले दुईतिहाई सरकारले नेपाली जनताको मतको अपमान गरेको भन्दै यसको जवाफ सडकबाटै दिने बताएकी छिन् । जनताले औषधी उपचार नपाएको, किसानले मलविऊ बिजन नपाईरहेको अवस्थामा नेकपा नेताहरुको सत्ता र शक्तिको हिसाब मिलाउन नसक्दा देशलाई दुर्घटना पारेको बताएकी छिन् ।
काँग्रेस ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रर्दशन कार्यक्रम काँग्रेसले सम्पन्न गरेको छ। ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ । यसअघि पुस १३ गते काँग्रेसले प्रतिनिधि सभा विघटनको विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रर्दशन गरेको थियो ।

२५ पुष २०७७ मा प्रकाशित
Nabintech