कोहलपुर स्वास्थ्य चौकीद्धारा प्रयोगशाला ल्याबको सेवा सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले प्रयोगशाला ल्याबको उद्घाटन गरेको छ । कोहलपुर नगर स्वास्थ्य चौकिमा २४ वटा रोग परिक्षण गर्ने गरि प्रयोगशाला ल्याबको संचालनमा ल्याईएको छ । ल्याबको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहदुर रावतले कोहलपुर नगरपालिका भित्रका जनतालाई दिसा, रगत लगायत अन्य रोगको परिक्षणका कोहलपुर स्वास्थ्य चौकीमा सेवा उपलब्ध गराईएको जानकारी दिएका छन् । स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको जानकारि दिँदै विस्तारै अन्य उच्च स्तरको सेवा दिनाका लागि स्वास्थ्य चौकिका आवश्यक पूर्वाधार विकास गर्ने बताएका छन् । कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लिराज पोख्रेलले पाँच लाख बजेटमा प्रयोगशाला ल्याब स्थापना गरिएको बताएका छन । साथै उनले कोहलपुर स्वास्थ्य चौकीबाट सेवा लिन सबैलाई आग्रह गरेका छन् । सो प्रयोगशालामा क्षयरोग परिक्षण सेवा, औलो (मलेरिया) परिक्षण सेवा, एच.आई.भि. एड्स परिक्षण सेवा, जेष्ठ नागरिक ७० वर्ष भन्दा माथिका सबैलाई निःशूल्क सेवा, गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिका, असक्त भएका क, ख वर्ग र महिला स्वास्थ्य स्वंयमसेविकालाई निःशूल्क गराईने भएको छ ।

२५ पुष २०७७ मा प्रकाशित
Nabintech