नेपाल भारतमैत्री संघद्धारा माघि मिलान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


नेपाल भारत मैत्री संघ कोहलपुर उपशाखाले माघि मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको
छ । उक्त कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघ कोहलपुर शाखाका सभापति चण्डी प्रसाद गैरेले नेपाल भारत मैत्री संघले यसभन्दा पहिले पनी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको र सामाजिक कार्यमा आफुहरु अग्रसर भईरहेको जानकारी
दिएका छन् । कार्यक्रम बोल्दै नेपाल भारत मैत्री संघकी केन्द्रीय उपाध्यक्ष सुस्मा शर्माले नेपाल भारत मैत्री संघले नेपालका विभिन्न ठाउँमा विभिन्न कार्यहरु गरिरहेको जानकारी दिईन् । नेपाल भारत मैत्री संघ कोहलपुरका पूर्व अध्यक्ष ओम प्रकाश वर्णवालले नेपाल भारत मैत्री संघको केन्द्र्रीय वरिष्ट उपाध्यक्षमा सुस्मा शर्मालाई विजय गराउनुपर्नेमा जोड दिएका छन् । सो कार्यक्रममा नेपाल भारत मैत्री संघका पदाधिकारी र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

२५ पुष २०७७ मा प्रकाशित
Nabintech