कोहलपुरमा माघ २५ देखि सुजता स्मृति फुटबल प्रतियोगिता हुँदै

पिपलबाेट संवाददाता


कोहलपुर÷बाँकेको कोहलपुरमा माघ २५ गतेदेखि सुजनता स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको छ । कोहलपुर आज पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष यज्ञ बहादुर महराले कोहलपुर रेसिङ्ग साहारा क्लबका सह–सचिव काशी अधिकारीकी श्रीमति सुजता राई अधिकारीको सम्झानामा सो प्रतियोगिताको आयोजना गर्न लागिएको बताएका छन् । स्वोर्गिय सुजता राईकोगत वर्ष पौष २५ गते हृदयघातका कारण निधन भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको अध्यक्ष महाराले बताएका छन् । साथै उनले सो प्रथम पुरस्कार राशी स्वोर्गिय सुजताको घर परिवारको तर्फबाट काशी अधिकारीले व्यवस्थापन गर्ने बताएका छन् । साथै उनले बाँके जिल्लामा क्लब स्तरकै ठुलो धनराशीको पहिलो फुटबल प्रतियोगिता हुने भन्दै प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने बताएका छन् ।

२८ पुष २०७७ मा प्रकाशित
Nabintech