कोहलपुरका वर्नवाल आर्ट पेशामा जम्दै

स्याम विष्ट / बाँके


बाँकेको कोहललपुर नगरपालिका वडा नं. १० का अतुल वर्नवाल आर्ट पेशा व्यवसाय संचालन गरेका छन् । करिब २ लाख पचास हजार भन्दा बढि लगानी गरी शुरुवात गरेको उनको आर्ट पेशा व्यवसायी राम्रो आम्दानीको श्रोत बनेको छ । वर्नवालको सानै उमेरदेखी नै आर्ट पेशामा रुची रहेको थियो । बाल्यकाल देखी नै रुची भएको वर्नवालको आर्ट पेशा व्यवसायी मात्र नभई उनको रुचीको विषय बनेको थियो । साना साना चित्रहरु कापीमा कोर्दै जाँदा विद्यालय स्तरमा चित्रकला प्रतियोगितामा सहभागि बन्दै गए । एकाउन्ट विषयमा बिबिएस अध्ययन गरेका वर्नवाल अहिले कोहलपुर नगरपालिकाको वडा नं. १० हाइस्कुल नजिकै आफ्नो आर्ट पेशा व्यवसाय शुरुवात गरेका छन् । विदेशमा २ वर्ष कफी सोपमा काम गरेका वर्नवाल आफ्नै देशमा पेशा व्यवसाय गर्दा स्वतन्त्र संगै पारिवारिक बीच काम गर्न पाएकोमा उनी खुसी देखिन्छन् । वर्नवालको आर्ट पसलमा अहिले सेवाग्राहीहरुले २ हजार देखी ४ हजार सम्म आफुले रुचाएको फोटाहरु बनाउन दिन्छन् । वर्नवालले जस्ताको त्यस्तै प्रेन्टिङ्ग गरिदिन्छन् । सेवाग्राहीको माग र चाहना अनुसार आफुले सेवा दिन सक्षम भएको उनको भनाई रहेको छ । कुनै सरकारी तथा गैरसरकारी कार्यालयबाट बिना तालिम प्राप्त वर्नवालको क्षमता उनको आर्ट पेशामा देखाएको कला र सीपलाई स्थानिय देखी बाँके जिल्लाका सेवाग्राहीले आत्मसन्तुष्टी छन् । वर्नवाल भन्छन् आर्ट पेशा मेरो लागी मात्र नभई अन्य आर्ट पेशा सिक्ने अवसर पनि दिने उनी बताउँछन् । इनामेलको सहयोगमा बनाइने तस्विरहरु वर्नवालको कला र सीपलाई अन्य बेरोजगार युवाहरुलाई सिकाउन सकेमा आर्ट व्यवसायबाट आत्मनिर्भर हुनका साथै बेरोजगारको समस्या समेत समधान हुने देखिन्छ । वर्नवालका साथीभाईहरु अहिले उनको आर्ट पेशा प्रति आकर्षण भएका  छन् । उनको आर्ट पेशा नजिकै त्रिभुवन नमूना माध्यामिक विद्यालय छ । उक्त विद्यालयमा अध्ययनरत विद्यालयका विद्यार्थीहरु समेत अहिले आर्ट पेशा सिक्ने चाहाना राखेको वर्नवाल बताउछन् । भावि दिनमा पनि वर्नवालले आफुले सिक्दै आएको पेशा व्यवयाय बाँके लगायत अन्य जिल्लाका युवाहरुलाई सिकाउने उदेश्य राखेका छन् ।

 

२८ पुष २०७७ मा प्रकाशित
Nabintech