नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव पक्षका नेता तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले जनताको अधिकार प्राप्त गर्नका लागि फेरी एक पटक संघर्ष गर्नुपर्ने अवस्था आएको भन्दै पूर्वजनमुक्ति सेनालाई तयार रहन निर्देशन दिएका छन् ।
बाँकेको कोहलपुरमा प्रतिनिधि सभा विघटनको असंवैधानिक प्रतिगामी कदम विरुद्ध पूर्व जनमुक्ति सेना नेपालको भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले जनताको विचार, राष्ट्र, राष्ट्रियता समाप्त पार्ने काम प्रधानमन्त्री केपि शर्माले गरेको र संविधान, जनताको अधिकार र राष्ट्रियताको संरक्षणका लागि फेरी एक पटक संघर्षको मैदानमा जानुपर्ने अवस्था आएकाले पूर्व जनमुक्ति सेनाले फेरी लडाईका लागि तयार हरन निर्देशन दिएका छन् । संसद विघट गर्ने सिफारीस गरेसँगै प्रधानमन्त्रीसँग कुनै पनि अधिकार नभएको र तीन महिना भित्र केपि शार्मा ओली प्रधानमन्त्री पदबाट बिदा हुने भन्दै संविधानको पुर्नस्थापना गरी जनताका बिचमा गरिएका बाचाहरु पुरा गर्ने र समाजवाद तिर अगाडि बढ्ने र समृद्ध नेपाल निर्माण गर्ने अभिायनमा लाग्ने बताएका छ्न । साथै उनले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिएको आरोप लगाएका छन् । पूर्वमन्त्री समेत रहेका शर्माले भने, ‘संविधानमा नभएको धारा प्रयोग गरेर संसद विघटन गरी प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाए ।’ आफूहरुलाई पार्टी फुटेकोप्रति चिन्ता हैन, संविधान र राष्ट्रको चिन्ता रहेको उनले बताए । शर्माले देशको कानुनलाई नै राष्ट्र प्रमुखले मान्दिन भन्यो भने राष्ट्र, राष्ट्रियता, स्वाधीनता नरहने पनि प्रस्ट पारे । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई समाप्त पार्न र संविधानको रक्षा गर्न लागि निरंकुशतन्त्रका विरुद्ध जनता सडकमा आएको र त्यस्तो कदम नसच्चिएसम्म जनता सडकमा आइरहने उनले बताए । गणतन्त्र, लोकतान्त्रिक, संघीय व्यवस्थाका लडेकाहरूले संविधानको रक्षाको स्वामित्व नलिइ राजनीतिक दलहरूले त्यसको स्वामित्व लिएका कारणले पनि अहिलेको संकट आएको शर्माले बताए । कार्यक्रममा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री तथा जनमुक्ति सेनाका पुर्व कमाण्डर महेन्द्र बहादुर शाहीले जनमुक्ती सेनाहरुको ब्यवस्थापनकालागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडी बढाएको जानकारी दिए । तत्कालकालागि कर्णाली प्रदेशभरी रहेका पुर्व जनमुक्ति सेनाहरुलाई राहतका कार्यक्रम संचालन गरीएको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक तथा आर्थिक ब्यवस्थापनतर्फ प्रदेश सरकारले दिर्घकालिन योजननाहरु तर्जुमा गरेको जानकारी दिए । पुर्वजनमुक्ति सेनालाई छिट्टै राष्ट्रिय परिचयपत्र समेत वितरण गरीने उनको भनाई थियो । कार्यक्रममा सहभागी पुर्व जनमुक्ति सेनाहरुले गणतन्त्र र संघियताको रक्षार्थ जस्तोसुकै योगदान दिन तयार रहेको बताएका थिए । कार्यक्रममा सहभागी पुर्व जनमुक्ति सेनाहरुले गणतन्त्र र संघियताको रक्षार्थ जस्तोसुकै योगदान दिन तयार रहेको बताएका थिए । पूर्व पिएलए नेपाल बाँकेले कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजना गरेको भेलामा ५०० बढि पुर्व जनमुक्ति सेनाको उपस्थिती रहेको थियो ।