भैँसी पालन व्यवसायमा शिक्षकको मोह

स्याम विष्ट / बाँके


बाँकेको राप्तीसोनारी गाउपालिकामा कृषकहरुले सामूहिक भैसीपालन व्यवसाय संचालन गरेका छन् । दुग्ध उत्पादन का साथै रोजगारको समस्यालाई समधान समधान गर्ने उदेश्यका साथ राप्तीसोनारी ८ स्थित बालापुरमा २०७५ सालदेखी भैसीपालन संचालन भएका छन् । राप्तीसोनारी ८ का ६ जना व्यवसायीक कृषकले सक्रियतामा भैसीपालन व्यवसाय दर्ता गरि उनीहरुले व्यवसाय शुरुवात गरेका हुन । ६ जना कृषकले ४२ लाख लगानीमा ३२ वटा भैसीबाट व्यवसायीक भैसीपालन शुरुवात गरिएको छ । हाल ४३ वटा दुध दिने भैसी रहेका छन् भने अन्य बच्चा दिने अवस्थामा रहेको भैसीपालनमा व्यवसायमा लागेका मोहन खत्रीले जानकारी दिए । हाल भैसी पालन फर्मबाट दैनिक ७० लिटर भन्दा बढि दुध स्थानिय बजारमा खपत भइरहेको व्यवसायी खत्रीको भनाई छ । राप्तीसोनारी गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन भैसी पालन गरिएको खत्रीको भनाई छ ।

भैसीपालन फर्ममा अहिले ४ जना बेरोजगार युवाहरुले रोजगारी समेत पाएका छन् । भैसीपालनका लागि ४२ कठ्ठा जग्गा समेत भाडामा लिएको छ । भैसीपालनमा संचालकहरुमा शिक्षकमा आवद्ध मोहन खत्री, झलक ओली, शेरजङ्ग गौतम, विष्णु शर्मा, विज्ञान शाह र समाजसेवी लोकेन्द्र विष्ट रहेका छन् । भैसीपालनलाई अझै लगानी थप्ने योजनामा रहेको बताएको छ । फर्मसंगै अहिले त्यस स्थानमा व्यवसायीक तरकारी खेती ३० कठ्ठा जमिनमा उत्पादन भैईरहेको छ । यस्तै फर्ममा बाख्रापालन, कुखुरापालन र गाईपालन गर्ने तयारी रहेको संचालक लोकेन्द्र विष्टले जानकारी दिए , व्यवसायीक पशुपालन र तरकारी खेती विकास गर्ने आफूहरुको लक्ष्य रहेको विष्टले बताए । राप्तीसोनारी गाउँपालिकामा पहिलो व्यवसायीक पशुपालन फर्म संचालन भएको संचालक झलक ओलीले बताए । राप्तीसोनारी क्षेत्र व्यवसायीक पशुपालनका लागि उर्वर क्षेत्र रहेको र रोजगारको समस्यालाई समाधान गर्न सकिने ओलीले भनाई रहेको छ । हाल राप्तीसोनारी सबै वडाहरुमा व्यवसायीक पशुपालन, फलफूल खेती, तरकारी खेती विगत वर्षदेखी नै बिहृत गुरुयोजनामा सूरु गरिएको छ । भैँसीपालन व्यवसाय संचालन गरिहेका खत्री अनुसार आफूहरुले व्यवसायीक पशुपालनमा गाँउपालिका र अन्य निकायबाट थप सहयोग भएमा सोचेभन्दा बढि काम गर्न सकिने र स्वदेशममै युवाहरुलाई रोजगारीको वातारण सिर्जना गर्न सकिने बताए । भैसीपालन फर्मबाटै भविष्यमा दुग्ध पदार्थ र वस्तुको उत्पादन गरी बाँके जिल्लाका विभिन्न ठाँउहरुमा पु¥याउने लक्ष्य राखिएको छ ।

२८ पुष २०७७ मा प्रकाशित
Nabintech