रेडक्रस सोसाइटी कोहलपुरको १६ औं उपशाखा सभा सम्पन्न

पिपलबाेट संवाददाता


नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको १६ औं उपशाखा सभा मंगलबार कोहलपुरमा सम्पन्न भएको छ । सभाको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले विश्वरभरी विभिन्न खाले विपद् पर्दा सबैले स्मरण गर्ने संस्था रेडक्रस भएको बताउँदै रेडक्रस गरेका सामाजिक कार्यले नै आज विश्वरभरी संगठन विस्तार भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरमा ब्लर्ड बैंक स्थापनाका लागि कोहलपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाउँदै यस क्षेत्रमा ब्लर्ड बैंकको आवश्यकतालाई महसुस गर्दै स्थानिय सरकारले ब्लर्ड बैंक स्थापना गर्ने बताएका छन् । साथै उनले आपद् विपदको असल साथीका रुपमा रेडक्रस रहेको जानकारी दिँदै रेडक्रसलाई आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले उपाशखा कोहलपुर स्थापना हुँदा झोलाबाटै सुरु गरीहालसम्म आईपुगेको बताएका छन् । साथै उनले जस्तोसुकै महामारी, विपद् लगायत अन्य दुख क्षणमा पनि रेडक्रसमा लागेका सदस्यहरुलाई सामेल भएको बताउँदै रेडक्रसको अभियानका लाग्न सबैलाई आग्रह गरेका छन् । साथै उनले कोरोना महामागरीको बेला कोरोना भाईरसको नियन्त्रणका लागि रेडक्रस लागि परेको बताउँदै रेडक्रसका विभिन्न गतिविधिहरुमा सहभागि भएकाहरुलाई सम्मान गरिरहेको जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखे्रलले कोरोना भाईरसका संक्रमितलाई सेवा गरेकोमा कोहलपुर रेडक्रस प्रति धन्यवाद व्यक्त गर्दैै आगामि दिनमा यस्ता महामारीका बेला सहकार्य गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उप–शाखाका विभिन्न गतिविधिहरुका सहकार्य गर्नेहरुलाई सम्मान गरिएको छ । सो अवसरमा उत्कृष्ट स्वयम्सेवकको तर्फबाट राजाराम अधिकारी शर्मा, बेल बहादुर बस्नेत क्षेत्री, राजेन्द्र महतारा, उत्कृष्ट सञ्चारकर्मीमा श्याम विष्ट, उत्कृष्ट शिक्षक नायकमा प्रविण कुमार रेग्मी, उत्कृष्ट जुनियर सर्कलमा लक्ष्मी मावि बद्धहवा, समाजसेवी एवम् कर्मचारी स्वयम्सेवकको तर्फबाट कोहलपुर नगरपालिका, डिल्लीराज पोख्रेल, कुलदिप चन्द, मनोज बोगटी, जयसिंह केसी, चण्डी गैरे, शिव पौडेल, केशव खनाल, मदन आचार्य मातृका सापकोटा, अशकोक बस्नेत, रुपा बुढा मगर र शर्मिला शाहलाई सम्मान गरिएको छ । त्यस्तै विशिष्ट सदस्यहरुमा देबेन्द्र कुमार केसी, लक्ष्मी बुढा मगर, प्रताप खत्री, भवानी बहादुर थापालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले मानविय सेवामा समर्पित रेडक्रसलाई राजनीतिक दलको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता जनाएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलाराम शर्माले रेडक्रसले राष्ट्रिय विपदमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै काँग्रेसले रेडक्रसका रहेक गतिविधिहरुमा साथ दिने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले राज्यले समाजसेवा गरिरहेका रेडक्रसजस्ता संस्थाहरुका बारेमा स्थानिय सरकारले सकरात्मक सोच राखिरहेको बताएका छन् । कार्यक्रममा उपशाखाका सचिव संजय कुमार पन्तले आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०७७÷०७८ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

२८ पुष २०७७ मा प्रकाशित
Nabintech