प्रेस प्रतिनिधी प्रमाणपत्र तथा अनलाईन नविकरण सम्बन्धी छलफल

पिपलबाेट संवाददाता


जिल्ला हुलाक कार्यालय बांकेले २०७७ पौष २८ गते सूचना तथा प्रसारण विभागबाट प्रत्यायोजित अधिकार बमोजिम प्रेश प्रतिनिधी प्रमाण पत्र, अनलाईन नविकरण र दर्ताका सम्बन्धमा जिल्लामा रहेका पत्रकारसंग सम्बन्धीत संघ संस्थाका प्रतिनिधीहरुसंग छलफल बैठक आयोजना गरेको छ । सो छलफल कार्यक्रममा सहभागीहरुलाई जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले प्रेश प्रतिनिधी प्रमाण पत्र, अनलाईन नविकरण तथा नयां दर्ता को विदन संकलनको काम जिल्ला हुलाक कार्यालय बांकेले सूरु गरेकोले सो को लागि आबश्यक पर्ने कागजात र प्रकृया सम्बन्धी जानकारी गराउदै संचारकर्मीसंग सम्बन्धी विविध खालका सेवा प्रवाहमा सहजिकरण गर्न जिल्ला हुलाक कार्यालय प्रतिबद्घ रहेको बताए ।
सो छलफल तथा बैठकले प्रेश प्रतिनिधी प्रमाण पत्र, अनलाईन नविकरण तथा नयां दर्ता गर्ने कार्य लाई अभियानका रुपमा अगाडी बढाउन २०७७ माघ ४ गते देखि ९ गते सम्म जिल्ला हुलाक कार्यालय बांकेमा एक अलगै हेल्प डेक्स राख्ने र सो कार्यको लागि जिल्लामा रहेका सञ्चार कर्मीहरुसंग सम्बन्धीत संघ संस्थाहरुले समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ ।
उक्त छलफल तथा बैठक कार्यक्रममा जिल्ला हुलाक कार्यालयबाट कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डे, नायब सुब्वा गगन बहादुर र तथा शान्ता शाही(सिंह) तथा संचारकर्मी प्रतिनिधीहरुमा नेपाल पत्रकार महांसंघका पूर्व केन्द्रिय सदस्य झलक गैह्रे, साप्ताहिक पाक्षिक सञ्जाल बांकेका सल्लाहकार पूर्णलाल चुके, प्रेश संगठन बांकेका संयोजक डक्टप्रसाद धिताल तथा सहसंयोजक हेमन्त बि.क. अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्र, सामुदायिक रेडियो प्रसारक संघ नेपाल बांकेका संयोजक मोहोमद आरिफ अन्सारी तथा साप्ताहिक पाक्षिक सञ्जाल बांकेका अध्यक्ष अछरी पोख्रेलको उपस्थीती रहेको थियो ।

२८ पुष २०७७ मा प्रकाशित
Nabintech