माघे संक्रान्तिका लागि कोहलपुरमा कन्दमुलको व्यापार

पिपलबाेट संवाददाता


माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमुलको विशेष महत्व हुन्छ । यो पर्व नजिकिएसँगै अहिले कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको कृषि हाट बजारमा तरुलको व्यापार बढेको छ । कृषि मेलामा बिहिबार फलफूल तथा तरकारी लगायत घरयासी भान्सामा आवश्यक रहने सामग्री सहित माघि पर्वमा चाहिने सामग्रीहरुका लागि उपभोक्ताहरुको निकै थाप देखिएको थियो । माघे सङ्क्रान्तिमा यसको विशेषमहत्व हुने गरेको छ । या भनौं तरुल लगायतका कन्दमूल विना माघे सङ्क्रान्तिको पर्व अधुरो नै हुन्छ । माघे सङ्क्रान्तिका लागि पुसको पाक्य माघको खाक्य भन्ने किंवदन्ती नै छ । पुसको अन्तिम दिन अर्थात् मसान्तमा तरुल लगायतका कन्दमूल उसिनेर भोलिपल्ट अर्थात् माघे सङ्क्रान्तिका दिन घ्यू , चाकुसहित खाने परम्परा रहेकाले यो पर्वलाई ध्यू चाकु सङ्लु पनि भनिन्छ । माघि पर्वमा तरुलको व्यापारका लागि कोहपुर नगरपालिका वडा नं. ३ कि अञ्जु केसीले ८० हजार रुपैँयाको कन्दमुल बिक्री गर्न सफल भइन् । केसीका अनुसार १ साता तरुलको व्यापार राम्रो भएको र सङ्क्रान्तको मुखमा दैनिक ५० देखि १ सय क्विन्टलसम्म तरुल खपत हुने गरेको व्यापारी केसीको भनाई छ ।केसीले कन्दमुल व्यापारका लागी पहाडी जिल्ला सल्यान , सुर्खेत, दैलेखबाट खरिद गरि कोहलपुरमा बिक्री गर्ने उदेश्य राखेको बताछिन् । तरुल व्यापारबाट आफुले सोचभन्दा राम्रो आम्दानी गरेको उनको भनाई छ । बजारमा अहिले विभिन्न प्रकारका तरुलहरू पाइने गर्दछन् । हात्तीपाइले तरुल, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल प्रजातिका तरुल बजारमा अहिले पाइन्छन् । यसमध्ये सिमल तरुलको बिक्री बढि हुने गरेको व्यापारी बताउँछन् ।

१ माघ २०७७ मा प्रकाशित
Nabintech