नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिको बिहीबार बसेको नगर कार्य समितिको बैठकले माघ ३ गते संसद विघटनको विरुद्ध बृहत विरोद्ध प्रर्दशनको कार्यक्रम गर्ने निर्णय गरेको छ ।नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलाराम शर्माका सभापतित्वमा बसेको बैठकले केन्द्रीय कार्य समितिले तय गरेको विरोद्ध प्रर्दशनलाई थप प्रभावकारी बनाउने निर्णय गरेकोछ । काँग्रेसले माघ ३ गते पालिका स्तरीय विरोध प्रर्दशन गर्ने, माघ ८ गते वडा स्तरीय विरोध प्रर्दशन कार्यक्रम गर्ने निर्णय भएको नगर सचिव भूम बहादुर भण्डारीले बताएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध काँग्रेसले विभिन्न चरणका विरोद्ध प्रर्दशनका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको अवस्थामा पालिका स्तरीय विरोद्ध प्रर्दशन कार्यक्रममा नेपाली काँग्रेसका सम्पूर्ण क्रियाशिल सदस्य लगायत आम जनताको सहभागिता रहेने उनले बताएका छन् । त्यस्तै वडा स्तरीय विरोद्ध प्रर्दशनलाई वडा स्तरमै सम्पन्न गर्ने पनि सो बैठकले निर्णय गरेका छ । विरोध प्रर्दशन कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह समेत काँग्रेसले गरेको छ ।