जिल्ला सहकारी संघको अध्यक्ष सुवेदी

पिपलबाेट संवाददाता


जिल्ला सहकारी संघ बाँकेको जिल्ला अध्यक्ष पुन प्रेम सुवेदी चयन भएका छन् । जिल्ला सहकारी संघ बांके को २९औ साधारण सभाबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा मिना ढुंगाना (सिग्देल), सदस्यहरुमा अल्फात खाँ, प्रकाश ज्ञवाली, जमानसिंह वली, विन्दा कुमारी खरेल, प्रेम बहादुर शाही, निर्मला रोकाय, नवराज उपाध्याय चयन भएका छन् ।  त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा खड्क बहादुर वली, सदस्यमा सिता काफ्ले र शेर बहादुर बस्नेत चयन भएका छन् । त्यस अघि उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीहरुलाई व्यवसायीमैत्री बनाउनका लागि जिल्ला संघले विशेष नीति लिएको जानकारी दिँदै जिल्ला भरीका सहकारीहरुलाई व्यवसायिक बन्न आग्रह समेत गरेका छन् ।

१ माघ २०७७ मा प्रकाशित
Nabintech