बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ ओभरीमा बिहिबार राईनो होटल एण्ड लज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक स्याम कुमार शाहले पछिल्लो समयमा पर्यापर्यटनमा वृद्धि गराउनका लागि निकुञ्जको आसपासमा सुविद्यायुक्त होटल तथा लजको आवश्यक रहेको र अब बाँकी दिनहरुमा पर्यापर्यटनमा आएका ग्राहकहरुलाई सुविद्यायुक्त सेवा होटल राईनो होटलले दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै विशेष अतिथी समेत रहेकी राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा राजमार्ग , निकुञ्ज ,लगायत रमणिय स्थानहरु भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै उपयूक्त भएको र होटल व्यवसाय नै पर्यापर्यटनमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताइन् । करिब ३ करोड लगानीमा संचालनमा आएको राईनो होटल एण्ड लजमा वाइफाई , एटऐचरुम ,टिभी र शान्त वातावरणमा उक्त होटल संचालनमा ल्याइएको छ । बिहिबार उद्घाटन कार्यक्रममा विविद्य सांस्कृतिक प्रस्तुतीहरु राखिएको छ भने कोरोना भाइरसका कारण वैशाखमा उद्घाटन गर्ने भनिएको उक्त होटल बिहिबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमा
राप्तीसोनारी गाँउपालिका वडा नंं.८ का वडा अध्यक्ष , जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी समाजसेवी लगायतका सहभागिता रहेको थियो । राप्तीसोनारीको पहिलो सुविद्यायुक्त होटलको रुपमा राईनो होटल एण्ज लजलाई मानिएको छ । होटल संचालक झुपलाल खत्रीका अनुसार आफुले निकुञ्ज र राप्तीसोनारीको पर्यापर्यटनका लागि महत्वपूर्ण ठाँउ भएकाले बास बस्नको लागि उचित राम्रो होटल तथा लज नभएकोले होटल संचालनका लागि योजना बनाएर होटल संचालन गरिएको बताए ।