प्रधानमन्त्रीले राजनैतिक अपराध गरेका छन्: काँग्रेस नेता पौडेल

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरी राजनैतिक अपराध गरेको आरोप लगाएका छन् ।
बाँकेको कोहलपुरमा सम्पन्न भएको कोहलपुर जेसीज २०२१ का पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा बोल्दै
प्रधानमन्त्रीले संविधानमा नभएको अधिकारको प्रयोग गरी संसद विघटन गरेको भन्दै असंवैधानिक कार्य गरेका प्रधानमन्त्री ओलीले राजनैतिक अपराध गरेको बताएका छन् । ‘नेपाली जनताले नेपालका दुई कम्प्युनिष्ट पार्टीलाई दुई तिहाई मत दिएर देशको विकास र समृतिको सपना देखेका थिए, आज पद र कुर्सीका लागि जनताको मतको अपमान गरेका छन्’ उनले भने ‘संविधान, राजनीतिक व्यवस्था र जनताको भावना अनुसार नभएर व्यक्तिको स्वार्थ पूर्तिका लागि प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीले राजनैतिक अपराध गरेका छन्, नेपाल भरीका यूवाहरुले यसको सहि मूल्याङ्क गर्ने बेला आउँदैछ, हामी यसलाई ठिक ढंगले बुझ्न आवश्यक छ ।’ साथै उनले प्रधामन्त्री केपि शर्मा ओली नेतृत्वको ३ वर्षिय कार्यकालको सरकारले नेपालमा नयाँ विकासका कुनै पनि योजनाहरु अगाडि ल्याउन नसकेको बताउँदै पोखरा, भैरवा एर्पोट, मध्यपहाडि राजमार्ग, मेलम्ची खानेपानी, सुरुङ्ग मार्ग लगायतका ठुला योजनाहरु पुरानै सरकारले सुरु गरेका योजनाहरु रहेको बताएका छन् ।
विभिन्न सयममा भ्रष्टाचारको काण्डहरु सार्वजनिक भएपनि छानविन नभएको बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुलाई संरक्षण दिईरहेको र नेपाली जनताले यसको लेखाजोखा गर्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीले विधि, विधान र संविधान खाईदिएका छन्, जब जुन देशमा विधि विधान र संविधा हुँदैन त्यो देशमा लोकतन्त्र पनि हुँदैन्’ उनले भने ‘लोकतन्त्रीक राज्य व्यवस्थाका लागि जेसीजमा आवद्ध यूवा तथा अन्य संघसंगठनमा आवद्ध यूवाहरु अब फेरी लोकतन्त्रको रक्षाका लागि संर्घष गर्नुपर्ने बेला आयो ।’
काँग्रेसका केन्द्रीय सदस्य पौडेलले विधिको शासन स्थापित गर्न र कानूनि राज्यका लागि जेसीजको जन्म भएको बताउँदै लोकतन्त्रीक राज्य व्यवस्थालाई थप बलियो बनाउनका लागि जेसीजमा आवद्ध यूवाहरुमा सकरात्मक सोचको विकास हुन आवश्यक रहेको बताएका छन् । साथै उनले नेपालमा भष्टाचार संस्थागत भएकोले व्यवस्था लोकतन्त्रीक भएपनि व्यवहार लोकतन्त्रीक नभएको बताउँदै लोकतन्त्रीक व्यवहारको विकास गर्नका लागि जेसीज महत्वपूर्ण संस्था भएको बताएका छन् । साथै उनले नेपालमा सबै भन्दा बढि यूवाहरुलाई संगठित गर्ने गैर राजनीतिक संस्था जेसीज नै भएको बताउँदै गैर राजनैतिक संगठनबाट यूवाहरुमा नयाँ विचार, सिद्धान्तको जागरण ल्याउने अभियानमा जेसीज लाग्नुपर्ने बताएका छन् ।

२ माघ २०७७ मा प्रकाशित
Nabintech