जेसीजका पदाधिकारीद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर जेसीजको कोहलपुर जेसीज २०२१ का पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले कोहलपुर जेसीज २०२१ का नवनिर्वाति अध्यक्ष राम प्रसाद पाण्डे र उनको कार्य समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कोहलपुर जेसीजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल, उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्य चयन भएकी छिन् ।

त्यस्तै मनोनित तर्फ महासचिवमा ईश्वरी प्रसाद शर्मा, कोषाध्यक्षमा धुब्र आचार्य तगा कानूनी सल्लाहकारमा राज कुमार पौडेल रहेका छन् भने सहसचिवमा यूवराज आचार्य, व्यवसायिक संयोजकमा राकेश विष्ट, प्रकरण निर्देशकमा ईश्वर सुवेदी, अन्तर्राष्ट्रिय संयोजक नविन रेग्मी र महिला संयोजकमा र्सिजना खनाल रहेकी छिन् .

३ माघ २०७७ मा प्रकाशित
Nabintech