संसद बिघटनको बिरोध गर्दै बैजनाथमा काँग्रेसद्धारा प्रर्दशन

गोपाल जि.एम


देशभरका ७ सय ५३ स्थानिय तहमा नेपाली कांग्रेसको संसद विघटन बिरुद्धको बिरोध कार्यक्रम भएसंगै नेपाली काँग्रेस बैजनाथ गाँउ कार्यसमितीले शनिवार बैजनाथ गाँउपालिका वडा ४ बानियाभारमा वृहत रुपमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिका विभिन्न वडाबाट शुरुवात भएको नेपाली कांग्रेसको बिरोध कार्यक्रम बानियाभार मा समापन भएको हो । बिरोध कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पूर्व पार्टी सभापती युवराज शर्माले दुईतिहाईको सरकारले विकास निर्माणका कामहरु गर्ने बेला संसद विघटन गरि जनताको मतलाई कुुठाराघात गरेको बताएका छन् । साथै शर्माले देश भष्ट्रचारको दलदलमा फसेको समेत आरोप लगाए । त्यस्तै विरोध कार्यक्रमलाई सम्वोधन गदै नेपाली कांग्रेस बाँकेका पार्टी सचिव कपिल देव शर्माले जनताले ५ वर्षको अवधीका लागि सरकार संचालन गर्न दुई तिहाईको सरकार नेकपालाई जिम्मेवारी सुम्पेको र नेकपा भित्रको लडाईले जनतालाई भ्रम पैदा गर्दै राजनितीमा झुटको खेती गर्न नेकपा लागि परेको बताए ।

नेपाली काँग्रेसको सरकारले बनाएको नेपालको संबिधानको रक्षा लागी आजको बिरोध प्रर्दशन गर्न बाध्य भएको महासमिति सदस्य देव बहादुर वली बताए । उनले भने यो संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, र बदनियतपूर्ण रहेको छ । उक्त विरोध कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्तरका नेता, महाधिवेशन प्रतिनिधी, महिला संघका प्रतिनिधी,क्षेत्रिय सभापती , पूर्व सभापती , ने.विसंघका जिल्ला सदस्य लगायतले सम्वोधन गरेका थिए । विरोध कार्यक्रम र¥याली सम्पन्न भइ औपाचारिक कार्यक्रममा बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसमा आवद्ध भई संक्रिय भुमिका निर्वाह गरेका २ दर्जन भन्दा बढि जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ भने नेकपा परित्याग गरि २ दर्जन भन्दा बढि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैजनाथ गाँउ कार्यसमितीले बताएको छ । उक्त विरोध कार्यक्रमको संचालक युवा नेता आशिष काफ्ले ले संचालन गरेका थिए ।

 

 

 

३ माघ २०७७ मा प्रकाशित
Nabintech