कोहलपुरमा काँग्रेसद्धारा प्रधानमन्त्रीका विरुद्ध प्रर्दशन

स्याम विष्ट / बाँके


प्रधानमन्त्री केपि शर्मा ओलीले पौष ५ गते संसद विघटन गरेसँगै नेपाली काँग्रेस लगायतका अन्य राजनीतिक दलहरुले प्रधानमन्त्रीका विरुद्ध विरोध प्रर्दशन देश भर गईरहेका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले देशभरीका सात सय ५३ वटै स्थानिय तहमा आज विरोध प्रर्दशन गर्ने निर्णय भएसँगै नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले पनि संसद विघटन, सर्वसाधारण र भ्रष्टाचारका विरुद्धमा लोकतन्त्रीक संविधान रक्षाको पक्षमा आयोजित बृहत विरोध प्रर्दशन गरेको छ । कोहलपुर पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली ईलाका प्रहरी कार्यालयहुँदै साँझा चोकमा आएर कोण सभामा परिणत गरएको थियो । उक्त कोण सभामा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति फुलाराम थारुले दुई तिहाई प्राप्त गर्नका लागि नेकपाले जनताका बिचमा गरेका प्रतिवद्धताहरु पुरा नगरी संसद नै विघटन गरी संविधानको हत्या गर्ने प्रयास भएको बताउँदै काँग्रेस लोकतन्त्र र संविधानको रक्षाका लागि सडकबाटै जनताको साथ लिएर अगाडि बढिरहेको बताएका छन् । साथै उनले नेपाली काँग्रेसले शान्ति प्रक्रियाको नेतृत्व नगरेको भए नेपालमा लोकतन्त्र आउन सक्ने सम्भावना कम रहेको बताउँदै काँग्रेसै नेतृत्वमा बनेको संविधानको रक्षाका लागि काँग्रेस तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानमा सबै जानजाति, आदीबासी, दलित, थारु, मुस्लिम लगायत अन्य अल्पसंख्यक जनताको भावना समेटिएको बताउँदै जनताको संविधानलाई मृत्यु अवस्थामा पु¥याउने वर्तमान सरकारका विरुद्ध सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराईले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेकाले संसद विघटनका बारेमा सर्वोच्चले गरेको निर्णयलाई काँग्रेसले आत्मासाथ गर्ने बताउँदै स्वतन्त्र न्यायलयका पक्षमा काँग्रेस रहेको बताएका छन् । साथै उनले अदालतलाई दबाबमा पारेर काँग्रेसले आफ्नो पक्षमा निर्णय नल्याउने बताउँदै अदालतले निर्वाचनको घोषणालाई मान्यता दिए काँग्रेस निर्वाचनमा जाने बताएका छन् । सभामा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले दुईतिहाई सरकारले नेपाली जनताको मतको अपमान गरेको भन्दै यसको जवाफ सडकबाटै दिने बताएकी छिन् । साथै उनले नेपाली जनताले देशको विकास लागि नेकपालाई दुई तिहाई जनमत दिएको बताउँदै आम जनतको प्रश्न देश कता गईरहेको छ भन्ने रहेको बताएकी छिन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खड्क बिसीले संविधान रक्षाका लागि काँग्रेस सडकमा आएको बताउँदै यूवाहरु सरकारको अधिनायकवाद कदमका विरोद्धमा आउनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्षमा प्रतिनिधि सभाको विघटन गर्ने प्रधानमन्त्रीलाई विशेष अधिकारी नभएको अवस्थामा प्रधानमन्त्री केपि शर्मा ओलिले संविधानको मर्म रभावना विरुद्ध प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाका लागि काँग्रेस जनताको बिचमा आएको बताएका छन् । कार्यक्रमम बोल्दै नेपाली काँग्रेस कोहलपुर नगरभापति बलराम शर्माले केपि शर्मा ओलिले निर्वाचन गराएको खण्डमा निर्वाचनमा नेपाली काँग्रेस जाने बताउँदै निर्वाचनका लागि जनतालाई तयार रहन पनि आग्रह गरेका छन् ।

३ माघ २०७७ मा प्रकाशित
Nabintech