पार्टी सभापति शर्माको ६० औं जन्म उत्सव मनाईयो

पिपलबाेट संवाददाता


नेपाली काँगेस कोहलपुर नगर कार्य समितिका सभापति बलराम शर्माको ६० औं जन्म उत्सव मनाईएको छ । २०३६ सालदेखि राजनीतिक क्षेत्रमा प्रवेश गरेका शर्माको ६० औं जन्म उत्सव नेपाली काँग्रेस कोहलपुर सक्रिय कार्यकर्ता भूम बहादुर भण्डारी, चेतकान्त भट्टाराई, शिवध्वज शाही, सुशिल सापकोटा, दल बहादुर बिसी, श्याम विष्ट लगयातको आयोजनामा मनाईएको छ । सो अवसरमा बोल्दै सभापति शर्माले आफ्नो जीवन पूर्णकालिन राजनीतिमा सपर्मित गरेको बताउँदै कोहलपुरको विकास र समृद्धिका लागि आफु संधै लागि पर्ने बताएका छन् । जन्म उत्सवमा बोल्दै कोहलपुर काँग्रेसका नेता नारायण प्रसाद सिग्देलले यूवाहरुले देश विकासको नेतृत्व अब लिनुपर्ने बताउँदै कोहलपुर क्षेत्रमा लामो समयदेखि राजनीतिक यात्रासँगै समाजपपिरवर्तनमा महत्वपूर्ण योगदान पु¥याएका सभापति शर्मालाई ६० औं जन्म दिनको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उक्त शर्माको जन्म दिनको विशेष कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य महेन्द्र शर्मा, बाँकेका उपसभापति फुलराम थारु, बाँके क्षेत्र नं. १ का क्षेत्रिय सभापति माधवराम खत्री, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनी कुमारी खत्री, कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगायत जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

४ माघ २०७७ मा प्रकाशित
Nabintech