छलफल गरेर निर्णय गर्ने पार्टी कम्प्युनिष्ट पार्टी हो ः नेपाल

पिपलबाेट संवाददाता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कम्प्युनिष्ट पार्टी छलफल गरेर निर्णय गर्ने पार्टी भएको बताएका छन् । प्रधानमन्त्री केपिशर्मा ओलीले पार्टी भित्र छलफल नगरी आफ्नै निर्णय मानुपर्दछ भन्ने प्रविधिको विकास हुँदा पार्टीमा समस्या आएको बताएका छन् । बाँकेको नेपालगञ्जमा नेकपाद्धारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केपि ‘बा’ भन्नेहरुको कुरा मात्र लागु गर्ने प्रधानमन्त्रीले खोजेपछि पार्टी यो अवस्था आएको बताएका छन् । ‘केपि ‘बा’ भन्दा राम्रो हुने नत्र नहुने सोचको विकास प्रधानमन्त्रीमा भयो’ उनले भने ‘पार्टी विधिविधानलाई वेवास्था गरे, संविधानलाई वेवस्ता गरे ।’ साथै उनले नेकपाको पार्टी एकताको कुनै पनि प्रक्रियामा केपि शर्मा अ‍ोलिले सहभागिता जनाउन नसकेको बताउँदै पार्टीलाई एकताबद्ध बनाउन आफु नै सक्रिया भएको बताएका छ्न । अहिलेसम्म गरिएको कम्प्युनिष्ट पार्टी एकता भङ्ग नभएको बताउँदै अहिले एकटा नहुँदै विवाद आउनु दुखद् भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्रीले गफ मात्र गरी संसारलाई विश्वास लिन खोजेको बताउँदै राजनीतिमा ईमन्दार, नैतिकवान र बचनको पक्का मानिस चाहिने बताएका छन् । प्रधानमन्त्रीले छलकपट र झुटको खेती गरिहेको बताउँदै ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने’, नेपालले भने । ओलीमा आफू महाराजा बनेको र भारदारहरुबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको नेपालले बताए । विधि, विधान र संविधान नमान्ने ओलीले आफूले जे ग¥यो, त्यही कानुन भन्ने अहंकार रहेको उनको भनाइ थियो । तर एकदिन नाङ्गो राजाको अवस्था आउने उनको चेतावनी थियो ।

४ माघ २०७७ मा प्रकाशित
Nabintech