राप्ती सोनारी गाउँपालिकामा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगतको सरकारी सेवा प्रवेश गर्ने युवाहरुकालागि लोकसेवा
तयारी कक्षा कार्यक्रमको आइतबार समापन भएको छ । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सहायोगमा राप्ती सोनारी गाउँपालिकामा संचालित उक्त कार्यक्रम युथ भोलुम युवा क्वलवले संचालन गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राप्ती सोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले सरकारी सेवामा प्रवेश गर्ने विद्यार्थीहरुका लागि उक्त संचालित कक्षाले विशेष सहयोग गर्ने बताए । आगामी दिनमा पनी सरकारी सेवामा प्रवेशका लागि आवश्यक परेको खण्डमा गाँउपालिकाको तर्फबाट थप कार्यक्रमहरु गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले पछिल्लो समयमा सरकारी सेवामा प्रवेश गर्नका लागि प्रदेश सरकार र स्थानिय तहले हरेक वर्ष तयारी कक्षाका लागि कार्यक्रमहरु गर्दै आएको र सो कार्यक्रम निरन्तरता दिने बताइन् ।कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष एवं गाँउपालिका प्रबक्ता खुम बहादुर बस्नेतले सरकारी सेवामा प्रवेशका लागि आयोजना गरिएको तयारी कक्षाले विद्यार्थीहरुको क्षमता विकास संगै थप तयारी कक्षा संचालन गर्नुपरेमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए । सरकारी सेवामा प्रवेशका लागी तयारी कक्षामा समावेश भएकी अनिता चौधरीले तयारी कक्षा कार्यक्रम एकदमै आवश्यक रहेको आफुहरुले धेरै विषयहरु सिक्ने अवसर मिलेको बताइन् । जसमा छोटो तरिका बाट विभिन्न फरमुला बनाएर पढ्न् विभि हरु साथै अन्य ब्यक्तित्व विकासका कुराहरु समेत सिक्ने अवसर मिलेको चौधरी बताउछिन् उक्त समापन कार्यक्रम युथ भोलुम युवा क्लवका अध्यक्ष चेतकानत भट्टराई अध्यक्षतामा सम्पन्न भएको थियो । युथ भोलुम युवा क्लवले यसभन्दा पहिले पनि विभिन्न सरकारी तथा संघसंस्था संग सहकार्य गरि विभिन्न चेतनामूलक तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।