रामजानकीद्धारा शिक्षकलाई तीन दिने तालिम सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको रामजानकी माविले विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको पेशागत विकासका लागि तीन दिने कार्यशाला सुरु गरेको छ । विद्यालयद्धारा आयोजित शिक्षकको पेशागत विकास कार्यशालाको उद्घाटन कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालले गरेका थिए । सो कार्यशालाको उद्घाटन गर्दै नगरशिक्षा शाखा प्रमुख पौड्यालले तीन दिने कार्यशालामा शिक्षकहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञानको सिकाइ हुने भन्दै कार्यशालाबाट सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले शिक्षकको पेशागत विकासका लागि तालिमको व्यवस्था गरेको बताउँदै आवश्यकता अनुसार शिक्षकहरुलाई समय अनुसार तालिम दिनुपर्ने बताएका छन् । साथै उनले विद्यालयहरुले आफ्ना शिक्षकहरुलाई आजको आधुनिक प्रविधिसँग शिक्षकहरुलाई जोड्न आवश्यक रहेको बताउँदै सबै विद्यालयहरुले शिक्षकहरुको शिक्षण क्षमताको विकासका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।  कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगिले शिक्षामा सुधार ल्याउनका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै समाज परिवर्तनका प्रमुख हकदार शिक्षक नै हुने बताएका छन् । साथै उनले शिक्षकहरुले पनि आधुनिक ज्ञान र सीप लिईरहनुपर्ने बताउँदै विद्यालयले शिक्षकको शैक्षिक विकासका लागि आयोजना गरेको कार्यशाला महत्वपूर्ण रहेको र सबै विद्यालयहरुले यसलाई आत्मा साथ गर्नुपर्ने बताएका छन् । कार्यक्रममा रामजानकी माविका निर्देशक दिनेश सिग्देलले तीनदिने कार्यशालाबाट प्राप्त ज्ञानलाई शिक्षण सिकाइ क्रियाकलापमा लागु गर्न सुझाव दिँदै विद्यालयले शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउनका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहने बताएका छन् । सो तीन दिने कार्यशालामा प्रशिक्षकका रुपमा कोहलपुर नगरशिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्याल, ऋषि शर्मा, प्रमोद सुवेदी र विन्दु सुवेदी रहेकी
छिन् ।

५ माघ २०७७ मा प्रकाशित
Nabintech