ज्ञानोदय र नेपाल भारतर्मैत्री संघद्धारा कमल वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदाय पुस्ताकालय तथा श्रोत केन्द्र तथा नेपाल भारत मैत्री संघ कोहलपुर कार्य समितिले कमल विरण गरिएको छ । कोहलपुर–१२ मा सुन्दर वस्तीमा रहेका दलित अपाङ्ग, असाहय, कोहलपुर नगरपालिका वडा नं. १० रेगीला गुप्ता, लक्ष्मी थारु, पहरा थारु, रुद्र बहादुर थापा, शुन्दर कली थारु, यज्ञ बहादुर खत्री र वहीदार थारु र वडा नं. १५ का हेउता थारु, प्रदेशि खटिक, हुसिने बसफोर, धन बहादुर पुनलाई गरी १७ जनालाई कमल वितरण गरिएको ज्ञानोदाय सामुदाय पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले बताएका छन् । पुस्तकालयले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका आर्थिक रुपमा कमजोर, अपाङ्ग, असाहयलाई विभिन्न सहयोग गर्ने कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १२, १० र १५ का गरिब अपाङ्ग, असाहयलाई कमल वितरण गरिएको उनले बताएका छन् भने ४० भन्दा बढि परिवारलाई कमल वितरण गर्ने लक्ष्य दिईएको उनले बताएका छन् । साथै पुस्तकालयले पौष महिनामा बाँके कारागारमा रहेका ३० जना कैदीलाई कमल वितरण गरिएको छ भने बाँकी ३३ घरपरिवारलाई कमल वितरण गरिने उनलेब ताएका छन् । त्यस्तै नेपाल भारत मैत्री संघकी केन्द्रीय उपाध्यक्ष सुष्मा शर्माले संघले समाजमा रहेको निम्न वर्गका मानिसहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको जानकारी दिँदै यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तता दिईने बताएकी छिन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १० वडा अध्यक्ष् ा निम बहादुर चलाउने, ओमप्रकाश बर्नवाल, अनिता बसी, टेकनारायण भुषाल, ज्ञानोदय सामुदायि पुस्तकालय तथा श्रोत केन्द्रका सचिव सुशिल सापकोटा लगायत वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

५ माघ २०७७ मा प्रकाशित
Nabintech