नेकपाको गतिविधी गलत भएकाले पार्टी प्रवेशको लहर छ : सभापती बस्नेत

स्याम विष्ट / बाँके


प्रधानमन्त्री केपी शर्माको असवैधानिक कदमका विरुद्ध  राप्तीसोनारी ८ शम्शेरगंजमा विरोध कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितीको निर्णय अनुसार हरेक स्थानिय तहकोे वडा स्तरमा संसद विघटनका विरुद्धमा प्रदर्शन कार्यक्रमको आयोजनाका लागि निर्देशन बमोजिम राप्तीसोनारी ८ शम्सेरगंगमा वृहत विरोध सभा कार्यक्रम भएको हो । उक्त विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नं. १(ख)का प्रदेश सभापती टोप बहादुर खड्काले दुई तिहाईको नेकपा सरकारले जनताको मतलाई अपहेलना गरेको र ५ वर्षको लागि सरकार संचालनका लागि म्यान्डेट दिएको र उक्त कार्य जिम्मेवारी पुरा गर्न नसकेको बताएका छन् । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष एवं क्षेत्रिय प्रतिनिधी धनीकुमारी खत्रीले दुई तिहाइको सरकार ,भष्टूचारमा लिप्त भएका कारण बलत्कार,महिला हिसां जस्ता जगन्य अपराधका घटनालाई संरक्षण तर्फ लागि परेको आरोप लगाइन् ।

उक्त विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका युवा नेता पोषण केसीले सरकारले जनताको दुख पीडामा साथ नदिई आफ्नो कुर्चीको बचाउ गरेको र आफ्नो ५ वर्षको कार्यकालमा असफल भएको उद्घोष गरे । कार्यक्रममा बोल्दै राप्तीसोनारी वडा नं. ८का वडा अध्यक्ष एवं युवा नेता खुम बहादुर बस्नेतले दुईतिहाईको सरकारको गतिविधी एक पछि अर्को गर्दै जनताको बीचमा छलङ्ग प्रस्तुत भएको र सविधान र देशको रक्षाको लागी एक मात्र पार्टी नेपाली कांग्रेस भएकाले जनताहरु ,नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर लागेको बताए । उक्त विरोध कार्यक्रम शम्सरेगंज बजार परिक्रम गरि औपचारिक कार्यक्रममा प्रवेश गरेको थियो । विरोध सभामा नेकपा र , राप्रपा परित्याग गरि ७३ जना नेपाली कांग्रेशमा प्रवेश गरेका थिए । प्रवेश कार्यक्रमा नेकपा परित्याग गरी कानुन क्षेत्रमा लामो समयदेखी काम गरेका सशिराम केसीले नेकपा परित्याग गर्दै आफु लामो समय नेकपामा पार्टीमा रहेको र हाल नेकपाले हरेक गतिविधीहरु गलत गर्दै गएकाले आफु पार्टी परित्याग गरि आगामी दिनमा नेपाली कांग्रेसबाट राजनैतिक यात्रा शुरुवात गर्ने समेत बताए । पार्टी प्रवेशमा मुख्य व्यक्तिहरु गौरी पुन , रुद्र थापा, चन्द्र बहादुर रावत,रामलखन थारु, लोक बहादुर खड्का, शकर डांगी, डम्बर खत्री लगायतले पार्टी प्रवेश गरेका थिए । उक्त विरोध कार्यक्रम नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं. युवा नेता मोहन गौतमले संचालन गरेका थिए ।नेपाली कांग्रेसको गढ मानिएको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा नयाँ प्रवेश भएका कार्यकर्ता नेताहरुलाई नेपाली कांग्रेस वडा कार्य समितीले दोसल्लाले  सम्मान गरेको छ । भने आगामी दिनमा नेपाली कांगेस थप मजबुत हुँदै अगाडी बढन्े वडा कार्यसमितीले जनाएको छ । त्यस्तै संसद विघटनका विरुद्धमा राप्तीसोनारी गाँउपालिका वडा नं. ९ वडा कार्यसमितीले वृहत विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
यता कोहलपुर नगरपालिका वडा नं.१ देखी १५ वटै वडामा वृहत रुपमा संसद विघटनका विरुद्धमा र¥याली सहित कोणसभा र औपचारिक कार्यक्रमहरु सम्पन्न भएका
छन् । देशैभरी वडा स्तरमा आयोजना गरिएको नेपाली कांग्रेसको विरोधका कार्यक्रमहरु शान्तिपूर्ण रुपमा सम्पन्नका साथै पार्टी प्रवेश, जेष्ठ नागरिकहरुलाई सम्मानका कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएका छन् । आगामी दिनमा सरकारले उक्त संसद विघटनको मुद्धा हाल अदालतमा बिचाराधिन भएकाले उक्त मुद्धा फैसला जनताको हितमा हुनुपर्ने कांग्रेश नेता तथा कार्यकर्ताले आवाज उठाइरहेका छन् । पौष ५ गतेदेखी नेपाली कांग्रेसले केन्द्र, प्रदेश नगर हुँदै वडा स्तरसम्म संसद विघटनका विरुद्धमा फरक फरक खालका कार्यक्रमहरु निरन्तरता दिदै आएको छ ।

 

८ माघ २०७७ मा प्रकाशित
Nabintech