नेकपा फुट्दा काँग्रेस रमाउँदैन् ः काँग्रेस नेता राजीव शाह

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस नेता राजीव विक्रम शाहले नेपाल कम्प्युनिष्ट पार्टी फुट्दा काँग्रेस खुशि भएर नरमानउने बताएका छन् । लोकतन्त्रीक शासन व्यवस्था माथि प्रधानमन्त्री केपि शर्मा ओलीले प्रहार गरेपनि नेकपामा देखिएको विजानलाई लक्षित गर्दै नेकपा फुट्दा काँग्रेस नरमाउने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ नेपाली काँग्रेस वडा कार्य समितिले आयोजना गरेको प्रतिनिधि सभा विघटनको विरोद्ध प्रर्दशन कार्यक्रममा बोल्दै काँग्रेसका यूवा नेता शाहले काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने भएकाले संसदिय व्यवस्था, र जनताको संविधानमाथि आक्रमण हुँदा काँग्रेस त्यसको रक्षा गर्न तयार रहेको बताएका छन् ।
संविधान सभाका सदस्य समेत रहेको शाहले सवोच्च अदालतले संसद पुर्नस्थापना गरे पनि काँग्रेस अदालतको फौसलालाई स्वीकार गर्ने र संसद विघटन गरी निर्वाचनमा जाने फैसला गरे नेपाली काँग्रेस विर्नाचनमा जाने बताउँदै सवोच्च अदालत प्रति काँग्रेसको विश्वास र भरोसा रहेको बताएका छन् । साथै उनले संसार भरी लोकतन्त्रीक विचारले जनताको विश्वास जितेको बताउँदै कम्प्युनिष्टहरु संसारबाट विलय भईरहेको र नेपालबाट पनि कम्प्युनिष्टलाई जनताले चिन्नुपर्ने बताएका छन् । यसका साथै उनले नेपाली काँग्रेस बिच एकताको आवश्यकता परेको बताउँदै नेपाली काँग्रेस एक भए लोकतन्त्रीक शासन व्यवस्था बलियो हुने बताएका छन् । ‘लोकतन्त्रको रक्षा र जनताको भावनालाई आत्मासाथ गर्नका लागि काँग्रेस एक हुन आवश्यक छ’ उनले भने ‘काँग्रेस एक नभए लोकतन्त्र खतरामा पर्छ, जनताले दुख पाउँछन्, त्यसैले जनताको भावनालाई आत्मासाथ गरी काँग्रेसमा एकताको जरुरी रहेको छ ।’ काँग्रेसमा लागेका आम कार्यकर्ताहरु समाज सेवामा लाग्नुपर्नेमा जोड दिँदै उनले सामाजिक कार्यबाटै राजनीतिक गर्न यूवाहरुलाई अनुरोध समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानमा सबै जानजाति, आदीबासी, दलित, थारु, मुस्लिम लगायत अन्य अल्पसंख्यक जनताको भावना समेटिएको बताउँदै जनताको संविधानलाई मृत्यु अवस्थामा पु¥याउने वर्तमान सरकारका विरुद्ध सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य हुर्मत न्यौपानेले काँग्रेसले शान्ति प्रक्रियाको नेतृत्व नगरेको भए नेपालमा लोकतन्त्र आउन सक्ने सम्भावना कम रहेको बताउँदै काँग्रेसै नेतृत्वमा बनेको संविधानको रक्षाका लागि काँग्रेस तयार रहेको बताएका छन् । साथै उनले दुई तिहाई प्राप्त गर्नका लागि नेकपाले जनताका बिचमा गरेका प्रतिवद्धताहरु पुरा नगरी संसद नै विघटन गरी संविधानको हत्या गर्ने प्रयास भएको बताउँदै काँग्रेस लोकतन्त्र र संविधानको रक्षाका लागि सडकबाटै जनताको साथ लिएर अगाडि बढिरहेको बताएका
छन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका अध्यक्ष पूर्ण प्रसाद आचार्यले लोकतन्त्रमा निर्वाचन बिजय र पराजय हुनुमा कुनै अर्थ नहुने भन्दै निर्वाचन जितेर गएको नेकपाले जनतालाई धोका दिएको र निर्वाचन पराजय हुँदा काँग्रेसलाई जनताले माग गरिरहेको बताउँदै नेपाली काँग्रेस निर्वाचनबाट जनताको मन जित्न नसकेपनि आम रुपमा जनताको सुख दुखमा काँग्रेस संधै साथमा रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सचिव भूम बहादुर भण्डारी काँग्रेस जनताको न्यायका पक्षमा विगतदेखि हालसम्म संघर्ष गर्दै आईरहेको बताउँदै शान्ति, संविधान र देशको समृद्धिका लागि नेपाली काँग्रेसले त्याग गरेको बताएका छन् । कार्यक्रममा काँग्रेसका नेता कृष्ण कार्की, संगिता सुवेदी र लाल बहादुर रानाले दुईतिहाई सरकारले नेपाली जनताको मतको अपमान गरेको भन्दै यसको जवाफ सडकबाटै दिने बताउँदै प्रतिनिधि सभाको विघटन गर्ने प्रधानमन्त्रीलाई विशेष अधिकारी नभएको अवस्थामा प्रधानमन्त्री केपि शर्मा ओलिले संविधानको मर्म र भावना विरुद्ध प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाका लागि काँग्रेस जनताको बिचमा आएको बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ८ का वडा सभापति बेल बहादुर बस्नेत क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण गोपाल शर्माले गरेका थिए ।
परियारलाई घर हस्तान्तरण
सो अवसरमा नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ८ को पहलमा निर्माण भएको ललिता परियारलाई घर हस्तान्तरण गरिएको छ । काँग्रेसका यूवा नेता पूर्ण प्रसाद आचार्यको पहलमा निर्माण भएको सो घर परियारलाई हस्तान्तरण गरिएकोछ । घर निर्माण गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । त्यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ८ का अति विपन्न, गरिब, असाहय र आर्थिक रुपमा कमजोर भएकाहरुलाई कमल वितरण गरिएको छ । काँग्रेस नेता राजीव विक्रम शाहको सहयोगमा वडा नं. ८ का ६० जनालाई कमल हस्तारन्तरण गरिएको छ ।

८ माघ २०७७ मा प्रकाशित
Nabintech