कोहलपुरका वडाहरुमा काँग्रेसको विरोध प्रर्दशन

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसले बिहिबार आयोजित संसद विघटन विरुद्ध कोहलपुर नगरपालिकाका १ देखी १५ वटै वडामा विरोध प्रर्दशन गरिएको छ । कोहलपुर नगरपालिका वडा नं.१मा वडा कार्यसमिती उपसभापति टंक बम, क्षेत्रिय कोषाअध्यक्ष हेमराज खनाल, सत्यदेवि ढकाल, दल बहादुर सुनार, गोपाल जिएम लगायत वक्ताहरुले सम्वोधन गरेका थिए । त्यस्तै वडा नं. २ मा झुमलाल सुनारको सभापतित्वमा भानुभक्त भट्राई, यज्ञ महरा, गोपाल शर्मा, हरिशिह कठायत लगायत वक्ताहरुले विरोध कार्यक्रममा सम्वोधन गरेका थिए भने ३४ जनाले नेपाली काग्रेसमा प्रवेश गरेको वडा कार्यसमितिले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ३ मा गणेश थापाको सभापतित्वमा महासमिति सदस्य नारायण गौडेल, युवराज पौडेल, जागेश्वर थारुले विरोध कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
कोहलपुर नगरपालिका वडा नं. ४ मा महेन्द्र थापाको सभापतित्वमा लाल शिह थापा , यज्ञराज सापकोटा,खड्क खत्री लगायतले कार्यक्रममा सम्वोधन गरेका थिए ,यता कोहलपुर नगरपालिका वडा नं. ५ मा लाल बहादुर डाँगीको सभापतित्वमा संसद विघटनका विरुद्धमा वडा स्तरमा विरोध कार्यक्रम सम्पन्न भएको छ । विरोध कार्यक्रममा कांगेस नेता विष्णु तिवारी,टे«ड युनियन कांग्रेसका अध्यक्ष राम बहादुर मल्ल,नेपाल विद्यार्थ संघका नेता राम पाण्डे लगायतले सम्वोधन गरेका थिए । कोहलपुर नगरपालिका वडा नं. ६ मा संसद विघटनको कार्यक्रमसंगै नेपाली कांग्रेसको वडा कार्यसमितीको कार्यालय उद्घाटन समेत गरिएको छ । उद्घाटन कार्यक्रम खड्क बहादुर शाहीको सभापतित्वमा संचालन भएको थियो । विरोध तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता सिताराम थारु, लिल बहादुर राना, लुट बहादुर केसी, हर्क बहादुर थापा, लक्ष्मण शाहीले सम्वोधन गरेका थिए । विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता लुट बहादुर केसीले पार्टी संगठनलाई मजबुद गर्दै वली सरकारको असंबैधानिक कदम जनताका लागि धोका रहेको बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. ७ मा पतिराम थारुको सभापतित्वमा नेपाली कांग्रेस बाँकेका उपसभापति फूलाराम थारु, कांग्रेसका नेता दिपक जंग शाह लगायतले सम्वोधन गरेका थिए । कोहलपुर नगरपालिका वडा नं.९ मा लक्ष्मी विष्टको सभापतित्वमा बालकराम यादब, ठाकुर प्रसाद थारु, बलिराम अहिर लगायत वक्क्ताहरुले सम्वोधन गरेका थिए । उता कोहलपुर नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका वडा सभापति ओम प्रकाश वर्नवालको सभापतित्वमा नारायण सिग्देल, युवा नेता निम बहादुर चलाउने, गौरा भटछ्टराई लगायतले कालिका नगर दुर्गा, मन्दिरमा सम्वोधन गरेका थिए ।
कोहलपुर नगरपालिका वडा नं. ११ मा मोहन चापागाईको सभापत्विमा संसद विघटनका विरुद्धमा वडा स्तरमा विरोध कार्यक्रम सम्पन्न भएको छ । उक्त विरोध कार्यक्रमलाई नेपाली कांग्रेसका नेता कृष्ण कार्की , संगिता सुवेदी, गिता प्याकुरेल, चण्डी गैरे लगायतले सम्वोधन गरेका थिए । कोहलपुर नगरपालिका वडा नं. १२ मा सभापति गोबिन्द ढकालको सभापतित्वमा संसद विघटनका विरुद्धमा वडा स्तरीय कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई नेपाली कांग्रेसका नेता पश्चिम रुकुमका महासमिति सदस्य गोपाल शर्मा, साविक जाजरकोट क्षेत्र नं. २ का क्षेत्रिय सभापति काली बहादुर खत्री, टेक नारायण भुषाल, पुष्पानन्द गिरी, केस कुमारी भण्डारी, बिरेन्द्र कुमार शाह, देब नारायण काफ्ले लगायतले सम्बोधन गरेका थिए भने उक्त विरोध कार्यक्रम २९ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेको वडा कार्यसमितिले बताएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ मा दिवस न्यौपानेको सभापतित्वमा संसद विघटन विरुद्ध बृहत कार्यक्रम सम्पन्न भएको छ । उक्त विरोध कार्यक्रमलाई रामलौटन यादव, नम बहादुर काफ्ले लगायत वक्तmाहरुले सम्वोधन गरेका थिए । उता कोहलपुर नगरपालिका वडा नं. १५ पनि संसद विघटनका विरुद्धमा वडा स्तरमा विरोध कार्यक्रम सम्पन्न भएको छ । उक्त विरोध कार्यक्रमलाई नेपाली कांग्रेसका लौटन थारु, अनिता विसी, पतिराम थारु लगायतले सम्वोधन गरेका थिए । कांग्रेसले आयोजना गरेको संसद विघटनको विरुद्धमा भएका कार्यक्रमहरु कोहलपुरमा शान्तिपूण, भव्य रुपमा सम्पन्न गरेकाले कोहलपुर नगर कार्यसमितीले धन्यवाद व्यक्त गरेको छ ।

८ माघ २०७७ मा प्रकाशित
Nabintech