कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष चलाउनेका साढे तीन वर्ष

स्याम विष्ट / बाँके


 कोहलपुर नगरपालिका वडा नं.१० का निर्वाचित वडा अध्यक्ष निम बहादुर चलाउने( निरज)ले आफ्नो जिम्मेवारी पाएसंगै कोहलपुर नगरपालिका वडा नं. १० लाई विकासको मुहार फेर्ने गतिमा अग्रसर भएको छ । वडाका ५ जना जनप्रनिधि यहाँको विकास कार्य, जनताका प्रत्यक्ष सवालमा अहोरात्र खटिने गरेका छन । कोहलपुर नगरपालिकाको वडा नं १० साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. १ र २ मिलेर बनेको हो । ७ हजार ३ सय ७७ जनसंख्या रहेको उक्त वडा १३.२४ वर्गमिटरमा फैलिएको छ । वडा भित्रको विकास समृद्धीको लागि अध्यक्ष चलाउने निरन्तर लागी परेका छन् । वडा भित्र हरेक विकासका पूर्वाधार , शिक्षा,स्वास्थ्य खानेपानी , कृषि,रोजगार लगायतका थुप्रै समस्याहरुलाई समाधानको बाटोमा वडा अध्यक्षको निकै अग्रसरता रहेको छ ।

शिक्षामा सुधार :

कोहलपुर नगरपालिका वडा नं. १० मा १ प्राथमिक तह र १ माध्यामिक तह गरी २ वटा विद्यालय रहेका छन् । २ करोड भन्दा माथी प्रदेश सरकार र संघबाट विशेष अनुदान ल्याउन कोहलपुर नगरपालिका सफल भएको थियो । माध्यामिक विद्यालय तर्फ कोहलपुरकै नमूनाको रुपमा मानिएको त्रिभूवन माध्यामिक विद्यालय सोही वडामा रहेको छ । वडाभित्र रहेका सरकारी स्कुलहरू, आधारभूत विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार भएको छ । निर्वाचित जनप्रतिनिधि आएपछि यहाँको शिक्षाको विकासमा होडबाजी चलेको वडा अध्यक्ष चलाउने बताउँछन । शिक्षामा विभिन्न हरेक आर्थिक वर्षमा लगानी भएका छन् । जसले यहाँको शिक्षा र शैक्षिक संघसंस्थाको विकासमा प्रत्यक्ष सहयोग पुगेको छ । विद्यालयमा पर्खाल निर्माण शुद्ध पिउने पानी ,भवन निर्माण गरिएको चलाउनेले बताए । यी बाहेक यो वडाको शिक्षामा विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक लक्षित गरी सहयोग आदानप्रदान र लक्षित गरी सहयोग आदानप्रदान र सहकार्य भएका छन् । शैक्षिक सामगी वितरणदेखि यहाँका खेलमैदान निर्माणमा सहकार्य भएका छन् । वडाका जनप्रतिनिधिको आफ्नै व्यक्तिगत सहयोग र अन्य जिल्ला तहका स्थानीय र अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको सहकार्यमा शिक्षा क्षेत्रमा कार्यहरू भएका छन् । सडक निर्माणलाई प्राथमिकता हरेक गाउँ घरहरूलाई सडक सञ्जालसँग जोड्ने गरी वडाका जनप्रतिनिधि सडक विस्तार, निर्माण र स्तरोउन्नतिमा लागेका छन् । भएका सडकको फराकिलो, ग्राभेलिङ १० किलोमिटर र कालोपत्रे ३ किलोमिटर बनाउने अभियानमा जनप्रतिनिधिहरू लागेका छन् । अहिलेसम्म यो वडामा सडकमा सबैभन्दा धेरैै बजेट लगानी भएको छ ।

खानेपानीः
बिराट खानेपानी उपभोक्ता संस्था संग सहकार्य गर्दै वडा नं. १० मा रहेका सम्पूर्ण घरधुरीहरुमा शुद्धखानेपानी पु¥याउने लक्ष्य राखिएको छ । आफ्नो कार्यकालमा हरेक घरधुरीहरुमा खानेपानीको व्यवस्थापन गर्ने लक्ष्य समेत वडा कार्यालयले राखेको छ ।
पर्यटनमा :
पर्यापर्यटनमा टेवा पु¥याउने उदेश्यका साथ कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको चटारमा ३० बिगाह जमिन डिपिआर समेत भइसकेको छ । स्थानियबासिन्दाहरुले उत्पादन गरेका कृषि बस्तुहरुको बिक्री तथा बजारीकरण गर्ने योजना अगाडी बढाएको छ ।जसका कारण उक्त चटार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउनका लागि कोहलपुर नगरपालिका वडा नं. निरन्तर लागि परेको छ ।
तटबन्ध
कोहलपुर नगरपालिका वडा नं. १० डुबानका साथै डुडुवा खोलाले कटान गरि खेतीयोग्य जमिन कटान् गर्ने समस्याको समधानका लागि करिब ९० लाख बराबरको लागतमा तडबन्ध कार्यक्रम संचालनमा ल्याइएको छ । उक्त बजेट अभाव भएको र थप बजेटको माग केन्द्र र प्रदेश सरकारलाई गरिएको छ । उक्त तडबन्धले कोहलपुर नगरपालिका वडा नं. १० का कृषि क्षेत्रमा आवद्ध भएका किसाहरुको समस्यालाई समधान गर्ने उदेश्य राखिएको छ ।
वडाको प्रोफाइल
कोहलपुर नगरपालिका वडा नं.१०ले आफ्नो वडाको प्रोफाइलन निर्माण गरेको छ । हरेक वर्ष गरिने आफ्ना क्रियाकलापहरुलाई प्रोफाइलका माध्यमबाट काम गर्न सहज होस भन्ने उदेश्यका साथ प्रोफाइल तयार गरिएको छ । हरेक घरधुरीमा नम्बर प्लेट टाँस गरिएको छ । जसका कारण विकास निर्माणका साथै अन्य वडाबाट दिनुपर्ने सेवासुविद्याका लागि सहज हुनेछ ।
विद्युत :
कोहलपुर नगरपालिका वडा नं. १०का सबै टोल बस्तीमा विद्युत पुगिसकेको छ । जनताको मागका आधारमा सबै टोलबस्तीहरुमा उक्त विद्युतका लागि पोल तारका लागि विद्युत कार्यालयसंग सहकार्य गरि आफ्नो कार्यलाई अगाडी बढाइरहेको छ ।
जनतासंग जनप्रतिनिधी कार्यक्रम :
कोहलपुर नगरपालिकाले हरेक ३ महिनाको १ पटक जनतासंग जनप्रतिनिधी कार्यक्रम राखेको छ । जसका कारण जतनाले प्रत्येक्ष रुपमा आफ्नो टोल बस्तीमा भएका समस्यालाई सहजै रुपमा राख्न सहज होस भन्ने उदेश्यले उक्त कार्यक्रम राखिएको छ । वडा नं. १० मा जनतासंग जनप्रतिनिधी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनताका आवाजहरु र भएका समस्याहरु खुलस्तै राख्दै आएको र उक्त समस्याहरुलाई सहजै र छिटो आफुले पुरा गर्दै गइरहेको वडा अध्यक्ष चलाउने बताउछन् ।
कृषि क्षेत्र :

कृषि क्षेत्रमा हामीले सोचअनुरुप काम गर्न सकिरहेका छैनौँ । सरकार कृषि क्षेत्रमा जति लगानी गर्नुपर्ने हो सोही अनुसार बजेट बिनियोजन नहुनु मागका आधारमा कृषकहरुले पाउने सेवा सुविद्या नपाउदा बजेट अभावका कारण काम गर्न सकिरहेका छैनौँ । कृषि क्षेत्रमा आवद्ध भएका किसानहरुलाई बिऊ बिजन वितरण र किसानहरु प्रशिक्षण र परामर्श गरिरहेका छौँ । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कोहलपुर नगरपालिका वडा नं. १० का कृषकहरुका लागि बाँकी रहेको कार्यकालमा केही गुरुयोजना तयार गरी अगाडी बढ्ने लक्ष्य राखेका छौँ । जनताका मागहरु सबै एकैपटक आउने भएका कारण सबै क्षेत्रमा काम गर्न ग्राहो हुने भएकाले क्रमश सबै क्षेत्रको विकास र उन्नतीका लागि हामी निरन्तर लागि परेका छौँ । कोहलपुर नगरपालिकाले वडामा कृषी क्षेत्र र स्वास्थ्य क्षेत्रमा बिनियोजित हुनुपर्ने रकम बिनियोजित नगर्दा समस्या आएको छ । नगरपालिकाको कमजोरीका कारण हामीले कृषकका मागहरुलाई सम्वोधन गर्न सकिरहेका छैनौँ । यो यर्थात हो ।
सेवाग्राहीको काम तिव्र गतिमा :
कोहलपुर नगरपालिका वडा नं.१० मा सेवाग्राहीहरुले झन्झट , दुख भने खेप्नु पर्दैन । सेवाग्राहीका काम कारवाहीहरु तत्काल गर्नुका साथै परामर्श र सुझाबका लागि पनि वडा कार्यालय निरन्तर तयार देखिन्छ । सेवाग्राहीका कामहरु छिटो र छरितो रुपमा गर्नाले पनी वडा कार्यालयमा गुनासा र दुख नपाएको वडाबासीहरु बताउछन् । वडा कार्यालयमा रहेका कर्मचारी र जनप्रतिनिधीहरुको सक्रियता, लगनशिलताका कारण पनी उक्त वडा कार्यालयमा कामको गति भने तिव्र भएको वडा सदस्य ओमप्रकाश वर्णवाल बताउछन् ।
चुनावमा घोषणा गरेको बाचा पुरा गर्छु :
कोहलपुर नगरपालिका वडा नं. १०का वडा अध्यक्ष निम बहादुर चलाउने (निरज)ले आफुले चुनावको समयमा घोषणा गरेको प्रतिवद्धता पुरा गर्ने बताएका छन् । बजेट अभावका कारण कतिपय योजनाहरु सोचेअनुरुप नभएको तर पनी संघ, प्रदेशबाट आफ्नो वडामा सहयोग भइरहेको र आगामी दिनमा जनताका समस्या र विकास निर्माणमा पारर्दशिताका साथ काम गर्ने बताएका छन् । कोहलपुर नगरपालिकाबाट बिनियोजित भएका बजेटहरु सिमित मात्रामा भएतापनी जनताको आंकक्षा र चाहाना र आवश्यकताहरु धेरै भएकाले अझै सोचेअनुरुप काम गर्न बजेटले साथ नदिएको अध्यक्ष चलाउनको गुनासो रहेको छ । आफ्नो बाँकी रहेको कार्यकालमा वडाको मूहार फेर्नका लागि रातदिन लागिपरेको बताए ।

 

\

 

 

११ माघ २०७७ मा प्रकाशित
Nabintech