कोहलपुरको सहकारी बजारबाट २ लाख बराबर सहित जिन्सी सामग्री चोरी

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. वडा नं. २ मा रहेको जनविश्वास बहुउदेश्यीय सहकारी संस्था लि. को सहकारी बजारमा चोरी भएको छ । गए राती उक्त संचालित सहकारी पसलबाट २ लाख १० हजार रुपैँया सहित केही जिन्सी सामग्री चोरी भएको सहकारी संस्थाले जनाएको छ । कोहलपुर चोरीका विषयमा कोहलपुर इलाका प्रहरी कार्यालयले चोरी गर्ने व्यक्तिको खोजी भइरहेको बताएको छ । कोहलपुर स्थित कृषि चोकमा सहकारी संस्थाले केही समय अगाडी उपभोक्तालाई सहुलियत पसल चलाउन गर्दै आएको छ ।

११ माघ २०७७ मा प्रकाशित
Nabintech