नेपाल–भारत मैत्री संघको अध्यक्षमा गैरे

पिपलबाेट संवाददाता


नेपाल–भारत मैत्री संघ उप–शाखा कोहलपुरको दोश्रो साधारण सभा कोहलपुरमा सपन्न भएको छ । दोस्रो साधारण सभामा बोल्दै नेपाल– भारत मैत्री संघका केन्द्रिय सदस्य धुर्व दाहालले नेपाल –भारत मैत्रीसंघले हरेक वर्ष सामाजिक रुपमा आफ्ना सहयोगका गतिविधीहरु संचालन गर्दै आइरहेको र आगामी दिनमा कोहलपुर उपशाखाले देशभरका शाखाहरु मध्ये उत्कृष्ट कार्य गर्न सफल होस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए ।साधारण सभामा बोल्दै  नेपाल भारत मैत्री संघ केन्द्रिय उपाध्यक्ष समेत रहेकी शुष्मा  शर्माले भारत संगको सम्वन्धलाई नेपालको हितको पक्षमा भएका विषयहरुलाई ग्रहण गर्दै उपशाखाले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएकोले नवनिर्वाचित कार्यसमितीले नयाँ कार्यक्रमलाई तिव्र गतिमा अगाडी बढाउन र नेपाल भारत मैत्री संघको केन्द्रिय अधिवेशलाई सफल बनाउन समेत अनुरोध गरेकी थिइन् । त्यस्तै उक्त दोश्रो साधारण सभाले नयाँ कार्यसमिती समेत चयन गरेको छ ।

नयाँ कार्यसमितीमा चण्डी प्रसाद गैरे निविरोर्ध रुपमा अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा सुसिल सापकोटा, सचिव शिव ध्वज शाही, कोषाध्यक्ष राधा आर्चाय , सदस्यमा जुनु भण्डारी, सदस्य पदमा मञ्जु भण्डारी, अनुमाया बुढाथोकी, खिना राना ,लक्ष्मण शिह, लेखनाथ पौडेल, मञ्जु भण्डारी, लक्ष्मी कुमारी पौडेल, हरि बहादुर श्रेष्ठ रहेको निर्वाचन अधिकृत जयश्वर पौडेले जानकारी दिए । नेपाल भारत मैत्री संघका ७६ वटा जिल्ला शाखा छन् । ४० वटा उपशाखा रहेको संस्थामा करिब २५ हजार आजीवन सदस्य रहेका छन् । बाँकेमा वि.सं. २०११ सालमा नेपाल भारत मैत्री संघको स्थापना भएको हो । तत्कालीन भारतीय राष्ट्रपति राधा रमणको नेपाल भ्रमणका क्रममा नेपालका दिग्गज व्यक्तित्वहरु सम्मिलित नेपाल भारत मैत्री संघ गठन भएको हो । जसमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, शंकर लामिछानेजस्ता दिग्गज साहित्यकार र सामाजिक अभियन्ताहरुको योगदान थियो । नेपाल भारत मैत्री संघ वि.सं. २०३४ सालमा संस्था ऐन बनेपछि नेपालको दोश्रो सामाजिक संस्थाको रुपमा दर्ता भयो । समाज कल्याण परिषदमा वि.सं. २०७३ साल मंसिरमा मात्रै दर्ता भएको हो ।

 

 

१३ माघ २०७७ मा प्रकाशित
Nabintech