पत्रकारद्धय भट्टराई र बेल्वासे क्रिसाबाट सम्मानित

पिपलबाेट संवाददाता


कोहलपुरबाट प्रकाशित हुने पीपलबोट दैनिकका प्रकाशक चेतकान्त भट्टराई र कोहलपुर टाईम्सका प्रकाशक बिष्णु प्रसाद बेल्वासेलाई सम्मान गरिएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन (क्रिसा)द्धारा १३ औं स्थापना दिवसको अवसर पारी ‘क्रिसा शिक्षा पत्रकारिता पुरस्कार २०७७’बाट दुई जना पत्रकारलाई सम्मान गरिएको छ । विशेष गरी २०६५ साला स्थापना भएको क्रिसाका रहेक गतिविधिहरुलाई सञ्चारका माध्यमबाट प्रचारप्रसार गरेको भन्दै क्रिसाले भट्टराई र बिष्णु बेल्वासेलाई सम्मान गरेको छ । क्रिसाले दुवै जनालाई पाँच हजार पाँच सय ५० रुपैयाँ र कदर पत्र सहित सम्मान गरेका हो । कार्यक्रममा बोल्दै भट्टराई र बेल्वासेले संस्थागत विद्यालय र सञ्चार बिचको सहकार्य हुन आवश्यक रहेको बताउँदै संस्थागत विद्यालयहरुले उपलब्ध गराउँदै आएको गुणस्तरी शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । साथै क्रिसाले सम्मान स्वरुप उपलब्ध गराईएको पाँच हजार पाँच सय ५५ रुपैयाँ भट्टराईले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा रहेको बालविकास केन्द्रमा अध्ययन गरिरहेका अति विपन्न वर्गका बालबालिकाका लागि उपलब्ध गएका छन् भने बेल्वासेले जेष्ठ नागरिकहरुलाई दिने बताएका छन् ।

शिक्षामा परिवर्तन ल्याउन सहकार्य आवश्यक: नगरप्रमुख रावत

बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि स्थानिय निकायसँग विभिन्न क्षेत्रहरुले सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन (क्रिसा)द्धारा १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले विशेष गरी संस्थागत विद्यायलहरुले शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिईरहेको बताउँदै कोहलपुरको शैक्षिक परिवर्तनका लागि स्थानिय सरकारले सबै सँग सहकार्य गर्न तयार रहेको र सहकार्य गर्न आग्रह समेत गरेका छन् । साथै उनले कोहलपुर नगरपालिका भित्रका केहि विद्यालयहरुले प्राविधिक धारका कक्षाहरु संचालन गरिरहेको बताउँदै स्थानिय सरकारले प्राविधिक शिक्षालाई विशेष जोड दिई रहेको र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पनि प्राविधिक शिक्षामा जोड दिन आग्रह समेत गरेका छन् । साथै सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु बिच एकता कायम गर्नका लागि नयाँ कार्ययोजना सहित आउनुपर्ने भन्दै कोहलपुरलाई शिक्षाका दृष्टिकोणले फरक बनाउन संस्थागत विद्यालय र क्रिसालाई आग्रह गरेका छन् । साथै संस्थागत विद्यालयहरुले स्थायिन तहलाई आवश्यक नीति निर्माण गर्न सहयो गर्न आग्रह गर्दै स्थानिय सरकारले निर्माण गरेका नियम कानूनहरुलाई आत्मासाथ गरी कोहलपुरको शैक्षिक विकासमा क्रिसाले महत्वपूर्ण भूमिका खेलिरहेकोमा जोड दिएका छन् । यसका साथै उनले कोहलपुरमा रहेका सबै विद्यालयहरुलाई आवश्यक सहयोग गर्ने लक्ष्यका साथ स्थानिय सरकारले शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् । देश विकासका लागि दक्ष जनशक्ति उत्पादन हुन आवश्यक रहेको बताउँदै दक्ष जनशक्ति निर्माण गर्नका लागि संस्थागत विद्यालयहरुले उल्लेखिय रुपमा योगदान गरिरहेको स्मरण गर्दै राज्यको नीति नियम भित्र रहेर शिक्षा प्रदान गर्न सझुाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीले नीजि क्षेत्रबाट संचालित संस्थागत विद्यालयहरुले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरु कोहलपुर उद्योग वाणिज्य संघको वस्तुगत सदस्य बन्न आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य सघ लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र शर्माले कोहलपुरमा स्वार्गिय टिकराम सुवेदीले संस्थागत विद्यायलहरुको हक र हितका लागि क्रिसाको स्थापना गरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगरपालिकाले संस्थागत विद्यालयहरुको गुणस्तरीय शिक्षाका लागि आवश्यक सहयोग गरिरहेको बताउँदै नीतिगत रुपमा कोहलपुर नगरपालिकाले संस्थागत विद्यालयहरुलाई कुनै अप्ठ्यारोमा नपारेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी उप–शाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि स्थानिय सरकारले विशेष नीति लिनुपर्ने बताउँदै संस्थागत विद्यालयहरुको विकास र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कोहलपुर नगरपालिकाले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले क्रिसाले कोहलपुर क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको विकास लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको बताउँदै संस्थागत विद्यलयहरुले दक्षजनशक्ति उत्पादनमा जोड दिईरहेको बताएका छन् ।

१६ माघ २०७७ मा प्रकाशित
Nabintech