नेपालगन्जको गाईकाण्ड कर्मचारीलाई ३ महिनादेखि १६ महिनासम्म कैद सजाय

पिपलबाेट संवाददाता


जिल्ला अदालत सुर्खेतले गौहत्या गरेको ठहर गर्दै नेपालगन्ज उपमहानगरपालिकाका १० जना कर्मचारीलाई कम्तीमा ३ महिनादेखि १६ महिनासम्म कैद सजायको फैसला सुनाएको छ । ढुवानी सञ्चालक, चालक र सहचालक गरी ७ जनाले भने सफाइ पाएका छन्
जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद बाँस्कोटाका अनुसारका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार फैसला गरेको हो । गत वर्षको १३ भदौमा नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका कटकुवा, सुब्बाकुना, ब्यूरेनी लगायतका जंगलमा मृत फेला परेका थिए ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाको बिहिवार सम्पन्न आठौं नगरसभाले नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापन गर्दा कर्मचारीहरुले आदेशको पालना गर्ने क्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको छ । उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिए पनि दुर्घटनावश घटना भएको जनाएको छ । गाईकाण्डमा सजाय पाउनेहरुमा सूर्य बहादुर बोगटी १ वर्ष ६ महिना, विकास गौतम १ वर्ष , कमल बयक ६ महिना, सुवर्ण तारामी मगर ६ महिना, सुशान्त शाही ६ महिना, चन्द्र बहादुर राना ६ महिना, पवन कुमार कनोजिया, ५ महिना, राकेश भारती ३ महिना, धर्मेन्द्र नेपाली ३ महिना, कमल थापामगर ३ महिना कैद सजाय पाउने भएका छन् ।

१६ माघ २०७७ मा प्रकाशित
Nabintech