कोहलपुरलाई व्यावसयीक केन्द्रको रुपमा विकास गनुपर्ने :अधिकारी

कपडा व्यवसायी संघ कोहलपुरमा भण्डारी निर्वाचित


पिपलबाेट संवाददाता


कपडा ब्यवसायी संघ कोहलपुरको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले कोहलपुरलाई फुट्कर वजार भन्दा होलसेल वजार वनाउन सवै लाग्नु पर्ने वताए । कोहलपुर कर्णाली प्रदेश र सात नम्वर प्रदेशको केन्द्र विन्दुको रुपमा रहेकोले हामीले कोहलपुर वाट दुवै प्रदेशमा समान दिन सक्नु पर्ने आजको आवश्यकता भएको वताए । विभिन्न पेशा व्यवसायले उद्योग वाणिज्य महासंघलाई कहिले पनि भुल्न हनुने वताए । उस्तै कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेश सदस्य नरेन्द्र शर्माले कोहलपुरले यो वर्ष केन्द्र र प्रदेशमा आफनो नेतृत्व पु¥याउन सफल भएको वताए । कोहलपुरमा सवै मिलेर अद्योग तर्फ लाग्नु पर्ने वताए । व्यावसायीहरु व्यावसायको हितको लागी काम गर्नु पर्ने वताए । तेस्रो अधिवेशनले एकराज भण्डारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार कोहलपुरमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा प्रकास भट्टराई, उपाध्यक्षमा पुर्ण पौडेल, महासचिवमा राज कुमार पौडेल, सचिवमा राजिव शर्मा पौडेल, कोषाध्यक्षमा विवेक सापकोटा तथा सदस्यहरुमा सितल योगी अधिकारी, पुष्प सापकोटा, डिल्लि सुबेदी, युवराज शाही र अनु आले चयन भएका छन । कार्यक्रमको सभापतित्व मेघ राज अधिकारीले गर्नु भएको थियो ।

१७ माघ २०७७ मा प्रकाशित
Nabintech