नेपाल तरुण दल बाँकेले तरुण दल राप्तीसोनारीका अध्यक्ष कुल बहादुर केसीमाथि भएको सांघातिक हमलामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेपाल तरुण दल बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुरका अध्यक्ष हरसिंह कठायतले एक प्रेस विज्ञप्ति निकालेर राजनीतिक आवरणमा आपराधिक क्रियाकलाप गर्नेहरुलाई तत्काल कारबाही नगरिए सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिनुभएको छ । माघ १६ गते राति ११ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईमा घरतर्फ जाने क्रममा युवा संघमा आवद्ध व्यक्तिहरुले केसीलाई विना कारण सांघातिक हमला गरी घाइते बनाएको भन्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा घटनामा संलग्न समूहलाई पक्राउ गर्न माग गरिएको छ ।
१८ माघ २०७७ मा प्रकाशित