बाँकेको कोहलपुर नगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरु तीन दिनसम्म बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको कोहलपुर नगरपालिकाका नगरशिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले बताएका छन् । कोहलपुर नगरपालिका, नगर कार्यापालिकाको कार्यालय, शिक्षा यूवा तथा खेलुकद शाखामा को संयोजकत्व तथा सामाजिक विकास समितिका संयोजक, शिक्षक महासंघ, शिक्षकका पेशागत घटक, प्याब्सन, एनप्याब्सन र क्रिसाका अध्यक्ष÷प्रतिनिधिहरुको उपस्थितिमा आईतबार बसेको बैठकले हाल चिसो अधिक बढ्दै गएकाले विद्यालय पठनपाठनका सिलशिलामा बालबालिकाहरुको स्वास्थ्य प्रतिकुल असर पर्न सक्ने देखिएको हुँदा मौसमको प्रतिकुलतालाई हेर्दै माघ १९ गतेदेखि माघ २१ गतेसम्म विद्यालय पठनपाठन स्थगित गरिएको उनले बताएका छन् ।
अत्याधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिए । थापाका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालय माघ १९ गते सोमबारदेखि २१ गते बुधबारसम्म बिदा गर्ने निर्णय भएको बताए ।