बाँके जिल्ला भित्र रहेका सहकारीहरुका अध्यक्षहरुको क्षमता अभिवृद्धिका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । जिल्ला सहकारी संघ बाँकेको आयोजना, आरएमडीसी तथा सहकारी संस्थाहरुको सहयोगमा संस्थागत सुशासनका लागि अध्यक्षहरुको क्षमता अभिवृद्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारी विज्ञ पूर्व प्रर्चाय चन्द्र बहादुर ठकुरीले सहकारीमा सुशासनको आवश्यता पर्ने भएकाले सुशासनलाई विशेष जोड दिन आग्रह गरेका छन् । साथै उनले सहकारीहरु सदस्यमैत्री, पारदर्शि हुनुपर्ने र सहकारी प्रति जनताको विश्वास जगाउन अध्यक्षहरुको विशेष भूमिका हुने बताएका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीहरुलाई कस्तो बनाउने भन्ने प्रमुख भूमिका अध्यक्षको हुने हुँदा अध्यक्षहरुलाई सहकारी सम्बन्धी विश्वमा भईरहेका विभिन्न गतिविधिहरुका बारेमा जानकारी हुन आवश्यक रहेको बताएका छन् । सो कार्यशाला गोष्ठीमा बाँके जिल्ला भित्रका ८० वटा सहकारी संस्थाका अध्यक्षहरुको सहभागिता रहेको जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक संचालक नवराज उपाध्यायले जानकारी दिएका छन् ।